इन्जिनियर्स डे रन २०२६ आयोजना, ग्याङटोकको रिज पार्कबाट सुरु

FB_IMG_1789218255703

गान्ताेक: राष्ट्रिय इन्जिनियर्स दिवसको अवसरमा अल सिक्किमीज डिप्लोमा इन्जिनियर्स एसोसिएसनको आयोजनामा आज ग्याङटोकको रिज पार्कबाट ‘इन्जिनियर्स डे रन २०२६’ सम्पन्न भएको छ।
​शारीरिक सुगठन (फिटनेस), भ्रातृत्व र उत्कृष्ट इन्जिनियरिङ भावनालाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यस दौड प्रतियोगितामा १० किमि खुल्ला, ५ किमि खुल्ला र ५ किमि इन्जिनियर्स खुल्ला रन विधा समावेश गरिएका थिए। प्रतियोगितामा राज्यभरका इन्जिनियर, धावक तथा खेलप्रेमीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

​यस रन (दौड) लाई मन्त्री एन. बि. दाहाल, विधायक तेन्जिङ नोर्बु लाम्था, विधायक आदित्य गोले तामाङ, सडक तथा पुल विभागका सचिव ए. बि. सुब्बा र अन्य अतिथिहरूले संयुक्त रूपमा झण्डा हल्लाएर (फ्ल्याग अफ गरी) शुभारम्भ गरेका थिए।
​सिक्किमको विकास र प्रगतिमा इन्जिनियरहरूले पुर्याएको अतुलनीय योगदानको कदर गर्दै स्वस्थ र सक्रिय जीवनशैली अपनाउन प्रेरित गर्ने उद्देश्यका साथ कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ।

About Author

Advertisement