बोलोग्ना: स्पेनले डेविस कप टेनिस टुर्नामेण्टको दोस्रो सेमिफाइनलमा ब्रिटेनलाई २-०-ले पराजित गरी फाइनलमा स्थान बनायो। स्पेनको तर्फबाट राफेल जोडार र कार्लोस अल्काराजले आ-आफ्नो एकल म्याच सीधा सेटमा जितेर टोलीलाई फाइनलमा पुऱ्याए। यी दुईजना खेलाड़ीको असाधारण जीतपछि युगल म्याच खेल्ने आवश्यकता परेन। विश्वका नम्बर २ खेलाड़ी अल्काराजले ब्रिटेनका आर्थर फेरीलाई सजिलैसँग ६-२, ६-१-ले पराजित गरी स्पेनको निम्ति फाइनलको टिकट पक्का गरे। म्याचमा धीमा शुरुवाच गर्ने अल्काराजले चाँड़ै लय हासिल गरे। उनले पहिलो सेटमा उत्कृष्ट प्रदर्शन गरे अनि दोस्रो सेटमा २ पल्ट विपक्षी खेलाड़ीको सर्विस तोड़ेर म्याच जिते। यसअघि राफेल जोडारले ब्रिटेनका क्यामरुन नरीलाई ६-२, ७-५-ले पराजित गरी स्पेनलाई पहिलो जीत दिलाए। जोडारले पहिलो सेटमा २ पल्ट नरीको सर्विस तोड़े। दोस्रो सेटमा ब्रिटेनका खेलाड़ीको पुनरागमनको प्रयास गरे तर जोडारले महत्त्वपूर्ण मौकामा फेरि सर्विस ब्रेक हासिल गरी म्याच जिते। यसरी स्पेनले ब्रिटेनलाई दुवै एकल म्याचमा पराजित गरी सेमिफाइनलमा २-०-को अजेय बढ़त हासिल गऱ्यो। यसैकारण युगल म्याचको आवश्यकता परेन। अब फाइनलमा स्पेनको सामना डेविस कप फाइनलको आयोजक इटलीसँग हुनेछ। इटलीले चेक गणराज्यलाई २-१-ले पराजित गरी अगावै फाइनलमा स्थान बनाइसकेको छ।





