खरसाङ: पहाडकै एक अग्रणी खेलकूद संस्था खरसाङ महकुमा खेलकूद संघले वर्षभरि आफ्नो खेलकूद तालिका अनुसार विभिन्न खेल प्रतिस्पर्धाहरुको आयोजना गर्ने गर्छ। यस अन्तर्गत खरसाङ महकुमा खेलकूद संघको आयोजनामा खरसाङको भिक्टोरिया स्कूलको खेल मैदानमा स्वर्गीय केदारनाथ प्रसाद स्मृति अन्तर कार्यालय टी-१० क्रिकेट लीग प्रतियोगिताको शुरुवात गरेको छ। यस क्रिकेट प्रतियोगिता अन्तर्गत आईतवार तीनवटा म्याचहरु सम्पन्न भएको छ। पहिलो म्याचमा खरसाङ डीआईबीले सन्त अल्फन्सेस विद्यालयलाई पराजित गरेको छ। सन्त अल्फन्सेस विद्यालयको तर्फबाट दिव्यत्तम अधिकारीले शतक बनाए पनि आफ्नो टिमलाई बिजय बनाउन सकेनन्। दोस्रो म्याचमा आकाशवाणी खरसाङलाई एयरफोर्स बागौडाले पराजित गरेको छ। त्यसरी नै तेस्रो म्याचमा खरसाङ कोर्टले डीएफओ फरेस्टलाई पराजित गरेको छ। यस प्रतियोगिता अन्तर्गत शनिवार तीनवटा खेलहरु खेलाईयो जसमा प्रथम खेल गत वर्षको उप विजेता दल दार्जीलिङ हिमालयन रेलवे बनाम पश्चिम बंगाल वन विभागमाझ सम्पन्न भयो। पहिला ब्याटिङ गर्दै दार्जीलिङ हिमालयन रेलवेले आफ्नो निर्धारित १० ओबरमा ८ विकेट गुमाएर केवल ७३ रन मात्र बनाउन सक्षम बने भने यो लक्ष्यलाई पश्चिम बंगाल वन बिभागले ८.४ ओवरमा नै ५ विकेट मात्र गुमाएर प्राप्त गरि यो खेल ५ विकेटले जिते l बिजयी दलको तर्फबाट १५ बलमा २५ रन बनाउने पश्चिम बंगाल वन बिभागका खेलाडी आदित्य प्रधानलाई खेलको उत्कृष्ट खेलाडी घोषित गरियो भने उनलाई उक्त पुरस्कार प्रतियोगिताका संयोजक किशोर तामाङद्वारा प्रदान गरियो। उसरी नै दिनको दोस्रो खेलमा आकाशवाणी खरसाङलाई गत वर्षका विजेता डीआईबीले १७ रनले पराजित गरे। डीआईबी खरसाङले दिएको ९० रनको पिछा गर्दै आकाशवाणी खरसाङले केवल ७२ रन मात्र बनाउन सके भने यो खेल डीआईबी खरसाङले जिते भने यस जीतको सुत्रधार १९ बलमा ३३ रन बनाउने आशिष थापा म्यान ऑफ़ द म्याच बने। उसरी नै दिनको तेस्रो अनि अन्तिम खेल खरसाङ कोर्ट बनाम खरसाङ विद्युत विभागमाझ भयो। यो एकतर्फी खेलमा खरसाङ विद्युत विभागले खरसाङ कोर्टलाई सहजै ३७ रनले पराजित गरे। यस खेलमा पहिला ब्याटिङ गर्दै खरसाङ विद्युत विभागले ५ विकेटमा १११ रन बनाए जसको जवाबमा खरसाङ कोर्टले निर्धारित १० ओवरमा ७६ रन मात्र बनाउन सक्षम बने। यस खेलको म्यान ऑफ़ द म्याच खरसाङ विद्युत विभागका खेलाडी सोनाम जिम्बालाई घोषित गरियो जसले आफ्नो २ ओवरमा केवल ६ रन दिएर ३ विकेट लिएका थिए। उनलाई खरसाङ कोर्टका एसडीजीएमको बाहुलीबाट म्यान ऑफ़ द म्याचको ट्रफी प्रदान गरियो। ज्ञात रहोस् यस प्रतियोगितामा जम्मा ८ वटा विभिन्न कार्यालयहरुले भाग लिईरहेको छ भने प्रत्येक दलले लीग चरणमा ३ – ३ वटा खेलहरु खेल्न पर्नेछ भने दुई ग्रुपबाट टप २ – २ दलहरु सेमी फाइनलको निम्ति छनौट हुनेछ भने यस प्रतियोगिताको फाइनल आगामी ३ तारिख दिसम्बरको दिन हुनेछ भनी प्रतियोगिताको संयोजक किशोर तामाङले जानकारी दिएका छन्।





