आसमलिङजेमा निःशुल्क स्वास्थ्य जाँच शिविरको आयोजना

IMG-20241213-WA0281

गान्तोक: सिक्किम राज्य सहकारी युनियन र आशा कालेबुङको आशा फाउन्डेसनको संयुक्त पहलमा हिजो स़ञ्विनी रिसीकलाप पाकिमद्वारा आसमलिङजेस्थित सिकुनमा निःशुल्क स्वास्थ्य जाँच शिविर कार्यक्रम आयोजना गरियो। यस अवसरमा नेत्र जाँच, आयुर्वेदिक उपचार, एक्युप्रेसर थेरापी र चुम्बकीय थेरापी लगायत विभिन्न सेवाहरू प्रदान गरिएको थियो। उद्घाटन कार्यक्रममा सिकुनका अध्यक्ष मंगलजित राई,सीईओ फादुङ भोटिया, खण्ड विकास अधिकारी राजेश दाहाल लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राईले आफ्नो कार्यकालमा यस्तो कार्यक्रम देख्न पाउँदा गर्व व्यक्त गर्दै सिकुनले केवल प्रशिक्षण कार्यक्रमलाई मात्र प्राथमिकता नदिएर स्थानीय गाउँलेहरूलाई फाइदा पुग्ने सामाजिक पहलहरूमा पनि संलग्न रहेको उल्लेख गरे। उनले समुदायलाई स्वास्थ्य शिविरका स्रोतहरूको लाभ उठाउन प्रोत्साहित गरे।

About Author

Advertisement