- आर्थिक ठगी मुद्दामा सन्दीप घोष अझै जेलमै बस्नुपर्ने
कोलकाता: आरजी कर प्रकरणमा प्रमाण नष्ट गरेको आरोपमा पक्राउ परेका टाला पुलिस थानका पूर्व ओसी अभिजित मण्डल र आरजी कर अस्पतालका पूर्वअध्यक्ष सन्दीप घोषले अदालतबाट जमानत पाएका छन्। सियालदह अदालतले शुक्रबार उक्त आदेश दिएको छ। अदालत स्रोतका अनुसार घटनाको अनुसन्धान गरिरहेका सीबीआई अधिकारीले अभियुक्तलाई पक्राउ गरेको ९० दिन बितिसक्दा पनि आरोपपत्र दायर गर्नसकेको छैन। यस्तो अवस्थामा अदालतले दुवैलाई जमानतमा रिहा गरेको छ। तर, आर्थिक ठगी मुद्दामा सन्दीप घोष अझै जेलमै बस्नुपर्नेछ।









