आर्सनललाई टाईब्रेकरमा ५-४-ले पराजित गरी च्याम्पियन्स लीगमा पीएसजी लगातार दोस्रोपल्ट विजेता

IMG-20260531-WA0045

बुडापेस्ट: पेरिस सेण्ट जर्मेन (पीएसजी) लगातार दोस्रोपल्ट यूएफा च्याम्पियन्स लीग विजेता बन्यो। शनिवार राति हंगेरीको बुडापेस्ट स्थित पुस्कास एरेनामा खेलिएको फाइनलमा फ्रान्सीसी क्लब पीएसजी-ले ईंग्लिश प्रीमियर लीग क्लब आर्सनललाई पेनल्टी शूटआउटमा ४-३-ले पराजित गऱ्यो। यूरोपेली क्लब फूटबलको सबैभन्दा प्रतिष्ठित यस टुर्नामेण्टको फाइनल आशानुरुप चरम प्रतिस्पर्धी र रोमाञ्चक रह्यो। निर्धारित समय र अतिरिक्त समयसम्म स्कोर १-१-को बराबरीमा रहेको थियो। यसैकारण विजेताको फसेला पेनल्टी शूटआउटद्वारा गरियो, जसमा पीएसजी-ले जीत हासिल गऱ्यो। पेनल्टी शूटआउट चरम रोमाञ्चक रह्यो, जसमा आर्सनलका एबेरेजी एजे-ले दोस्रो प्रयासलाई गोलपोस्ट बाहिर हिर्काए। त्यसपछि पीएसजी-का नूनो मेण्डेसको प्रयासलाई आर्सनलका गोलकीपर डेविड रायाले रोक्दा रोमाञ्च कायम रह्यो। त्यसपछि आर्सनलको निम्ति निर्णायक पेनल्टी लिन आएका गेब्रिएल मागालहासले गोलीलाई पोस्टमाथि हिर्काउँदा पीएसजी च्याम्पियन बन्यो। गेब्रिएलको त्यस चूकले पीएसजीलाई २०१८ पछि लगातार २ पल्ट च्याम्पियन्स लीग खिताब जित्ने पहिलो टीम बनायो।
यसअघि ईंग्लिश प्रीमियर लीगको खिताब जितेर च्याम्पियन्स लीगको फाइनल खेल्न ओर्लिने आर्सनलको शुरुवात चाहिँ असल रहेको थियो। म्याचमा २८ प्रतिशत पोजेशनको साथ खेल्ने आर्सनललाई पाँचौं मिनटमा बढ़त हासिल भयो। काई हावेर्त्जले कठिन कोणबाट असाधारण फिनिशिंगको साथ टीमलाई शुरुवाती बढ़त दिलाए। शुरुमै गोल खाएपछि पनि पीएसजी-लाई दबाउमा देखिएन अनि टीमले पहिलो हाफको अधिकांश समय नै गोलीलाई नियन्त्रणमा राख्यो। टोलीले केही मौकाहरू पनि बनाएको थियो तर गेब्रिएल र विलियम सलीबाको अगुवाईमा आर्सनलको रक्षापंक्तिले आर्सनलको बढ़तलाई मध्यान्तरसम्म कायम राख्यो। यसरी आर्सनलले पनि बढ़तलाई दोब्बर गर्ने मौका पाएको थियो तर मार्क्विन्होसले अन्तिम क्षणमा असाधारण ब्लक गरी हावेर्त्जलाई दोस्रो गोल गर्नदेखि रोके। आर्सनलले पूरा टुर्नामेण्टमा मजबूत रक्षात्मक प्रदर्शन गर्दै आएको थियो अनि खिताब जित्न उनीहरूलाई केवल क्लीन शीटको आवश्यकता थियो तर दोस्रो हाफमा पीएसजी पनि गोल गर्न सफल रह्यो। क्रिस्टियन मोस्केराले ख्विचा ख्वारात्सखेलियालाई बक्सभित्र लड़ाउँदा पीएसजी-लाई पेनल्टी हासिल भयो। त्यही मौकालाई काममा लगाउँदै ओस्माने डेम्बेले ६४औं मिनटमा पेनल्टीबाट गोल गरी स्कोर १-१-को बराबरीमा पुऱ्याए। निर्धारित समयको खेलमा नतीजा नआएपछि अतिरिक्त समयको खेल भयो, जसमा पीएसजी-ले लगातार आक्रमण जारी राख्यो। एउटा प्रतिआक्रमणमा ख्वारात्सखेलियाको शट् डिफ्लेक्ट भएर पोस्टमा ठोक्कियो। वितिन्हा र स्थानापन्न खेलाड़ी गोन्कालो रामोसले पनि मौका पाएका थिए तर उनीहरूले गोल गर्न सकेनन्। अतिरिक्त समयको खेलमा पनि म्याचको स्वरूप बदलिएन। पीएसजी-ले लगातार आक्रमण गर्दा पनि गोल गर्न नसक्दा म्याच पेनल्टी शूटआउटसम्म पुग्यो।

About Author

Advertisement