आरिटारमा ‘वन्दे मातरम्’ को १५०औँ वर्षगाँठ मनाइयो

Screenshot_20260925_213136_Facebook

​पाकिम: सिक्किमको पाकिम जिल्लास्थित आरिटारमा रहेको सरस्वती विद्या निकेतनमा शुक्रबार ‘नमामि भारतम्’ अभियानअन्तर्गत राष्ट्रगीत ‘वन्दे मातरम्’ को १५०औँ वर्षगाँठ विशेष समारोहका साथ मनाइएको छ।
​विद्या भारती अखिल भारतीय शिक्षा संस्थान (नयाँ दिल्ली) र सिक्किम प्रान्तको मार्गदर्शनमा उक्त कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक रजीत प्रधानले जानकारी दिए।
​कार्यक्रममा ६९औँ एसएसबी बटालियनका सहायक कमान्डेन्ट वैभव पाण्डे मुख्य अतिथि र आरिटारका पूर्वप्रधानाध्यापक मोहन सापकोटा अध्यक्षका रूपमा उपस्थित थिए। समारोहमा पूर्वशिक्षक, पूर्वपञ्चायत प्रतिनिधि, अभिभावक, विद्यार्थी तथा स्थानीय बासिन्दाको उत्साहजनक सहभागिता रहेको थियो।
​समारोहको मुख्य आकर्षण ‘वन्दे मातरम्’ को सामूहिक गायन थियो। विद्यार्थी, शिक्षक तथा उपस्थित सर्वसाधारणले एकसाथ राष्ट्रगीत गाउँदै राष्ट्रप्रतिको सम्मान र समर्पण प्रकट गरेका थिए। सो अवसरमा वक्ताहरूले भावी पुस्तामा देशभक्ति, राष्ट्रिय एकता र जिम्मेवारीबोध गराउन यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे।
​सामूहिक राष्ट्रगीत गायनसँगै सम्पन्न भएको यो कार्यक्रम विद्यालयका लागि गौरवपूर्ण र स्मरणीय बनेको प्रधानाध्यापक प्रधानले बताए।

About Author

Advertisement