आरामदायक जीतको साथ पूल डी-को शीर्ष स्थानमा पुग्यो भारत

IMG-20260819-WA0117

एम्स्टलवीन: एफआईएच महिला हकी विश्व कपमा भारतीय महिला टोलीले उत्कृष्ट प्रदर्शन गर्दै दक्षिण अफ्रिकाविरुद्ध ६-१-ले एकतर्फी जीत हासिल गऱ्यो। एम्स्टलवीनको वेगनर हकी स्टेडियममा खेलिएको पूल डी-को म्याचमा भारतले शुरुदेखि नै म्याचमा आफ्नो धलिमलि कायम राख्यो अनि एकतर्फी तरिकाले म्याच जित्यो। जारी विश्व कपमा भारतीय महिला टोलीको यो पहिलो जीत हो। यसअघि भारतले चीनविरुद्ध आफ्नो पहिलो म्याच २-२-ले ड्र गरेको थियो। यस असाधारण जीतको साथ भारतको ४ अंक पुग्यो अनि टोलीले पूल डी-मा शीर्ष स्थान हासिल गऱ्यो। भारतले म्याचको शुरुदेखि नै आक्रामक मिजास देखायो। सुनेलिता टोप्पोले १०औं मिनटमा भारतलाई म्याचको पहिलो गोल दिलाइन्। यसरी पहिलो क्वार्टरको समाप्तिसम्म भारत १-०-ले अघि रहेको थियो। दक्षिण अफ्रिकाले बराबरी हासिल गर्न केही असल प्रयास गऱ्यो तर भारतीय डिफेन्सले उनीहरूको प्रत्येक हमलालाई असफल बनायो। दोस्रो क्वार्टरमा भारतले आक्रमणमा तेजी ल्यायो। यसै क्रममा नवनीत कौरले १६औं मिनटमा पेनल्टीलाई गोलमा परिणत गरी टोलीको बढ़तलाई दोब्बर बनाइन्। त्यसपछि भारतले लगातार दक्षिण अफ्रिकाको सर्कलमा दबाउ बनायो अनि सुशीला चानूले २४औं मिनटमा भारतलाई म्याचको तेस्रो गोल दिलाइन्। यसरी हाफ टाइमसम्म भारत ३-०-ले अघि रहेको थियो। तेस्रो क्वार्टरमा भारतीय खेलाड़ीहरूले दक्षिण अफ्रिकालाई पुनरागमनको कुनै मौका दिइनन् अनि दीपिकाले ३७औं मिनटमा गोल गरी स्कोर ४-० पुऱ्याइन्। त्यसपछि लालरेसियामीले ४३औं मिनटमा भारतलाई म्याचको पाँचौं गोल दिलाइन्। त्यसको तुरन्त पछि राणा साक्षीले ४४औं मिनटमा अझ एक गोल गरी तेस्रो क्वार्टरको अन्तसम्म भारतलाई ६-०-ले अघि पारिन्। चौथो तथा अन्तिम क्वार्टरमा भारतले आफ्नो बढ़तलाई कायम राख्यो। यसबीच दक्षिण अफ्रिकी टोली अन्तमा गएर भारतीय डिफेन्सलाई तोड़न सफल भयो। दक्षिण अफ्रिकाको तर्फबाट कायला डी वालले ५५औं मिनटमा गोल गरी टोलीको निम्ति हारको अन्तर सामान्य भए पनि कम्ती गरिन्। त्यसपछि रहल समयमा दुवै टोलीले थप गोल गर्न नसक्दा म्याच भारतको पक्षमा ६-१-को स्कोरमा समाप्त भयो।

About Author

Advertisement