आरसीबी लगातार दोस्रोपल्ट आईपीएल फाइनलमा

IMG-20260527-WA0000

धर्मशाला: रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसीबी)-ले लगातार दोस्रोपल्ट आईपीएलको फाइनलमा स्थान बनायो। मंगलवार खेलिएको आईपीएल २०२६-को क्वालीफायर-१ म्याचमा वर्तमान च्याम्पियन आरसीबी-ले गुजरात टाइटन्सलाई सजिलैसँग ९२ रनले पराजित गऱ्यो। यस जीतको साथ आरसीबी आइतवार खेलिने फाइनलमा पुग्यो जबकि गुजरात टाइटन्सले अब शुक्रवार खेलिने क्वालीफायर-२ म्याचमा एलिमिनेटर म्याचको विजेतासँग खेल्नेछ। एलिमिनेटर म्याच बुधवार सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सबीच खेलिनेछ। एचपीसीए स्टेडियममा आज टस हारेर पहिला ब्याटिंग गर्दै आरसीबी-ले २० ओभरमा ५ विकेट गुमाएर २५४ रनको विशाल स्कोर बनायो। कप्तान रजत पाटीदारले अविजित ९३ रन बनाएर टीमको जीतमा ठूलो योगदान दिए। उनले ३३ बल खेलेर वटा छक्का र ५ वटा चौका लगाए। यसबाहेक विराट कोहली र क्रुणाल पाण्ड्याले ४३-४३ रनको योगदान दिए। देवदत्त पडिक्कलले ३० रन बनाए। कोहलीले २५ बल खेलेर ५ वटा चौका र एउटा छक्का लगाए। यसरी क्रुणालले २८ बल खेलेर ५ वटा चौका र २ वटा छक्का लगाए। जितेश शर्मा १५ रनमा अविजित रहे। गुजरातका बलरहरूमा कगिसो रबाडा र जेसन हेल्डरले २-२ विकेट लिए। जवाफमा गुजरात टाइटन्सको टीम १९.३ ओभरमा १६२ रनमा समेटियो। कप्तान शुभमन गिल (०२)-सहित फर्ममा रहने साई सुदर्शन (१४) र जोस बटलर (२९ रन) चाँड़ै आउट भएपछि गुजरातको मध्यक्रमले दबाउ सहन सकेन। यसरी ८८ रनमै ८ विकेट गुमाएपछि गुजरातको चुनौती समाप्त भयो। इम्प्याक्ट प्लेयरको रूपमा खेल्दै राहुल तेवतियाले ६८ रन बनाएर टीमलाई सम्माजनक स्कोरसम्म पुऱ्याए। उनले ४३ बल खेलेर ८ वटा चौका र ४ वटा छक्का लगाए। गुजरातको निम्ति तेवतिया, सुदर्शन र बटलरले मात्र ९ भन्दा अधिक रन बनाउन सके। आरसीबी-का बलरहरूमा जेकब डफीले सर्वाधिक ३ विकेट लिए। यसबाहेक भुवनेश्वर कुमार, रासिख सलाम र क्रुणाल पाण्ड्याले २-२ सफलता हासिल गरे।

About Author

Advertisement