खरसाङ: खरसाङ विधानसभा समष्टि अन्तर्गत खरसाङको गौरी शंकर चियाबारीस्थित सार्वजनिक भवनमा रहेको बुथमा कोरा भएका एकजना मतदाताले पनि पुगेर भोट गरेका छन्। खरसाङको चौकी डाँडा निवासी परिवेश खवासकी आमा बितेको कारण कोरामा बसेका छन्। तर यस्तो अवस्थामा पनि देशको नागरिकको रुपमा लोकतान्त्रिक प्रणाली अनुसार एकजना मतदाताको रुपमा आफ्नोे मताधिकारको प्रयोग गर्न मतदान केन्द्र पुगेर मताधिकार प्रयोग गरेका छन्। उनी घरबाट पैदल नै गौरी शंकरस्थित सार्वजनिक भवनमा रहेको बुथमा पुगेर लाइन नबसी सोझै मतदान गरेर निस्केका छन्। उनले आफ्नोे लोकतान्त्रिक प्रणाली अनुसार एकजना मतदाताको रुपमा आफ्नो विषम परिस्थितिमा पनि मताधिकारको प्रयोग गरेर एक उदाहरण प्रस्तुत गरेका छन्।









