कालेबुङ: कालेबुङ जिल्लाका ती नागरिकहरू जसले विभिन्न क्षेत्रमा महत्त्वपूर्ण र उल्लेखनीय योगदान पुर्याउँदै अनि असाधारण सेवा गरे या अझैं गरिरहेका छन् यस्ता कालेबुङ जिल्लाका होनहार व्यक्तिहरु जसले कुनै ख्यातिप्राप्त् पुरस्कार अझसम्म प्राप्त गरेका छैनन् यस्ता व्यक्तित्वलाई र अरुहरुलाई अझै प्रेरणा र प्रोत्साहन दिन कालेबुङ प्रेस क्लबले वर्षेनी कालेबुङरत्न पुरस्कारले सम्मानित गर्ने गरिरहेको छ। तर कोरोना कालको समय क्लबले यसमा निरन्तरता दिन असक्षम बन्यो। जसलाई पुन: यो सालदेखि निरन्तर प्रदान गर्ने क्रम प्रारम्भ गरेको छ। उसरी नै पूर्विय हिमाली भेकका होनहार पत्रकार जसले पत्रकारितालाई माध्यम बनाई समाजमा पनि उल्लेखनिय योगदान पुर्याइरहेकाछन तिनलाई एक्सिलेंस इन जर्नलिज्म (Excellence in Journalism) प्रदान गर्ने गरेकोछ। पूर्व कालेबुङरत्न पुरस्कार प्रापकहरु हुन- प्रथम कारपू प्रापक -सगरमाथा आरोही मनोज दाहाल, हकी गोलकिपर भरत छेत्री एव बागवानी विशेषज्ञ डा मिकथुक एस फनिङ। दोस्रो कारपू प्रापक – कलाकार ललित गोले; तेस्रो कारपू प्रापक – समाज सेवक सुदेस प्रधान; चौथो कारपू प्रापक – उद्यमी बबिता धमाला, पाचौ कारपू प्रापक – म्याराथन धाविका रोशनी राई, छैटौ कारपू प्रापक – वैज्ञानिक सुनिल कौल अनि सातौ कारपू प्रापक थिए उद्योग धन्दा र व्यवस्थापनमा लागेका लक्ष्मी लिम्बु कौशल।
आठौं कालेबुङरत्न पुरस्कार यस वर्ष शिक्षा र सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान दिएका पुर्याउने व्यक्तिलाई दिइने भएको छ। निर्णायक टोलीकहाँ दुईवटा नाम मनोनित भएको थियो जसमध्ये यो पुरस्कार कालेबुङकै छोरो जो एक नाम चलेका लेखक अनि विद्वान मानिन्छन् उनलाई प्रदान गरिने भएको छ। ती व्यक्तित्व हुन कालेबुङको तनेक बस्तीका प्रोफेसर टीबी (टङ्क बहादुर) सुब्बा जो सिक्किम विश्वविद्यालयको उपकुलपति पनि रहेका थिए। उनले कालेबुङको एक ग्रामीण क्षेत्रमा जन्म लिएर पनि शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान दिएका छन्। उनले लेखेका १४ राष्ट्रिय, ४ अन्तर्राष्ट्रिय पुस्तक प्रकाशित भएकोछ भने असंख्य शोध पत्र, अन्तर्राष्ट्रिय शोधका विशलेषण गरेका, जोर्नलहरुका सम्पादन, पुस्तक निरुपण, राष्ट्रिय औ अन्तर्राष्ट्रिय सेमिनारमा वक्ता रहेका हुन।
उसरी नै पत्रकारिताद्वारा सामाजिक चेतना जगाउँदै सफल एवं फलप्रद पत्रकारिता गर्ने पूर्विय हिमाली भेकका होनहार पत्रकार जसलाई यस वर्षको एक्सिलेंस इन जर्नलिज्म प्रदान गरिने भएको छ तिनी हुन खरसाङ निवासी पत्रकार संजय प्रधान। उनले ३१ वर्षदेखि पत्रकारिता गर्दै वर्तमानमा मासिक पत्रिका, अनलाइन दैनिक पोर्टल, युट्युब र फेसबुक पेज समाचार डीजीटल मिडिया सम्पादनमा संलग्न छन्।
उनीहरूलाई यी पुरस्कार प्रदान गर्न आगामी २० दिसम्बर २०२२ को दिन १०.३० बजे होटल ट्रेसमा एक पुरस्कार प्रदान समारोहको आयोजना कालेबुङ प्रेस क्लबले इस्टर्न हिमालयन जर्नालिस्ट युनियनसंग मिलेर गरिरहेको छ। कालेबुङका वरिष्ठ अधिकारी, सक्रिय सामाजिक संस्था र प्रतिष्ठानहरुका पदाधिकारीहरु, जनप्रतिनिधि, राजनैतिक नेताहरु र वरिष्ठ नागरिकहरुको उपस्थितिमा सो पुरस्कार प्रदान गरिने भएको छ।









