हैदराबाद: आईपीएल २०२६-को २१औं म्याचमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई सजिलै ५७ रनले पराजित गऱ्यो। राजस्थान रोयल्सको यो जारी सीजनमा पहिलो हार हो जबकि सनराइजर्सले आफ्नो दोस्रो जीत हासिल गऱ्यो। सोमवार राजीव गान्धी इण्टरनेशनल स्टेडियममा खेलिएको म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै सनराइजर्स हैदराबादले २० ओभरमा ६ विकेट गुमाएर २१६ रन बनायो। ओपनर अभिषेक शर्मा (शून्य) र ट्रेविस हेड (१८ रन)-लाई शुरुमै गुमाएपछि कप्तान ईशान किशनले असाधारण ब्याटिंग गर्दै टीमलाई असल स्थितिमा पुऱ्याए। किशनले ४४ बलमा ८ वटा चौका र ६ वटा छक्काको साथ ९१ रन बनाए। यसबाहेक हेनरिक क्लासेनले ४० रनको योगदान दिए। नितिश कुमार रेड्डीले २८ र सलिल अरोड़ाले २४ रन बनाए। राजस्थानका बलरहरूमा जोफ्रा आर्चरले २ विकेट लिए। त्यसपछि म्याच जित्न २१७ रनको लक्ष्यलाई अघि राखेर खेल्दै राजस्थान रोयल्स १९ ओभरमा १५९ रन बनाएर अलआउट भयो। लक्ष्यलाई पीछा गर्दै राजस्थानको शुरुवात नै भयावह रह्यो अनि टीमले केवल ९ रनमा ५ विकेट गुमायो। वैभव सूर्यवंशी, ध्रुव जुरेल र लूहान-ड्रे प्रिटोरियसले खाता पनि खोलेनन् जबकि यशस्वी जयसवालले केवल १ रन बनाए। कप्तान रियान पराग पनि केवल ४ रन बनाएर आउट भए। खराब शुरुवातपछि रविन्द्र जडेजा र डोनोभन परेराले लड़ाकू ब्याटिंग गरे पनि टीमलाई जीत दिलाउन सकेनन्। यी दुईजनाले छैटौं विकेटको निम्ति ११८ रनको पार्टनरशीप गरे। जडेजाले ५ वटा चौकाको साथ ३२ बलमा ४५ रन बनाए। यसरी फरेराले ७ वटा चौका र ३ वटा छक्काको साथ ४४ बलमा ६९ रन बनाए। यी दुईजना बाहेक तुषार देशपाण्डेले २५ रनको योगदान दिए। राजस्थान रोयल्सको शीर्ष क्रमलाई ध्वस्त पार्ने प्रफुल हिंगेको साथमा साकिब हुसेनले ४-४ विकेट लिए। इशान मलिंगाको खातामा २ विकेट रह्यो।









