हमला भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको कार्यकर्ताले गरेको आरोप
खरसाङ: खरसाङ विधानसभा समष्टिको लागि ईण्डियन गोर्खा जनशक्ति फ्रण्टकी उम्मेद्वार बन्दना राईमाथि हमला भएको जानकारी प्रकाशमा आएको छ। हमला उनी लगायत उनका समर्थक नेहुर बालासन क्षेत्रमा चुनावी प्रचारको क्रममा भएको उम्मेद्वार बन्दना राई स्वयंले आफ्नो सामाजिक सञ्जालको पेजबाट एक भिडियोमार्फत जनाएकी छन्। उनले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका कार्यकर्ताहरुले उनीमाथि हमला गरेको आरोप लगाएकी छन् भने हमला अवधि उनीसँगै उनका समर्थकहरु पनि साथमा थिए। बालासान क्षेत्रमा चुनाव प्रचारको क्रममा उनको कन्वेमाथि हमला भएको बताएकी छन्। उनले यो हमला भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको कार्यकर्ताले गरेको आरोप लगाएकी छन्। उनी मंगलवार बालासन क्षेत्रमा आफ्नोे चुनाउ प्रचारमा गएकी थिइन्। यस विषयमा फोनमा बातचीत गर्दै बन्दना राईले भनिन् -‘हाम्रो सेड्युल अनुसार नै चुनाव प्रचारमा गएका थियौँ, अर्डर नै थियो। तर पछिबाट सुनेको त्यहाँ जानु चेतावनी दिएको थियो हरे।’ राईले फोनको बातचीतमा भनिन् -‘त्यहाँ एकजनाले नाङ्गो खुकुरीले गाडीलाई हानेको छ। ती व्यक्तिले हाम्रो कन्वेमा हमला गरेको छ। त्यो पनि दुईपल्ट हमला गरेको छ। गाडीलाई हिर्काएको छ। मलाई ताकेर हुर्काएको थियो होला तर मलाई नलागेर गाडीलाई लागेको छ।’
ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको उम्मेद्वार बन्दना राईले यो घटना नेहरु बालासन क्षेत्रमा ४ बजीतिर भएको बताइन्। उनले यस घटनामा आरोपी पक्राउ परेको र यस घटनालाई लिएर हाम्रो लिगल टिमले काम गरिरहेको बताएकी छन्।









