‘आईएसआई’ का लागि जासुसी गरेको आरोपमा कोलकाताका जुत्ता व्यवसायी रियाज पक्राउ

Screenshot_20260518_210326_Chrome

कोलकाता: भारतको कोलकातास्थित एन्टली क्षेत्रका रैथाने जुत्ता व्यवसायी जफर रियाज उर्फ रिजभी पाकिस्तानका लागि जासुसी गरेको आरोपमा पक्राउ परेका छन्। कुनै समय पारिवारिक जुत्ता व्यवसाय सम्हाल्दै आएका जफर पछिल्लो समय पाकिस्तानी गुप्तचर एजेन्सी ‘इन्टर-सर्भिस इन्टेलिजेन्स’ (आईएसआई) का लागि काम गरिरहेको अनुसन्धानबाट खुलेको छ।
​दुर्घटनापछि फेरिएको जीवन र लाहोर कनेक्सन
स्रोतका अनुसार कोलकाताको एन्टलीमा जफरको स्थापित जुत्ता व्यवसाय हुनुका साथै दुईवटा साना कारखाना समेत सञ्चालनमा थिए। सन् २००५ मा उनको विवाह पाकिस्तानको लाहोर बस्ने राबियासँग भएको थियो। सन् २०१२ सम्म उनीहरू कोलकाटामै बसोबास गर्थे। तर, एउटा दुर्घटनापछि जफरको जीवनले अर्कै मोड लियो। शारीरिक र आर्थिक संकट गहिरिँदै गएपछि उनी पाकिस्तान प्रस्थान गरे।
​लाहोर पुगेपछि जफरको भेट एक पाकिस्तानी अधिकारीसँग भयो, जसले उनलाई आईएसआई को सम्पर्कमा पुर्‍याए। त्यसपछि उनी उपचारको बहाना बनाएर निरन्तर भारत आउने-जाने गर्न थाले। सोही क्रममा उनले भारतका महत्त्वपूर्ण सैन्य ठेगानाहरूको तस्बिर र संवेदनशील सूचनाहरू आफ्ना पाकिस्तानी ह्यान्डलरहरूलाई पठाउने गरेको आरोप छ।
​पहिले पनि पक्राउ, पहलगाम कनेक्सनबाट पुनः खुलासा
यसअघि सन् २०२२ मा पञ्जाब प्रहरीले जफरलाई बिहारका मोहम्मद समसादसँगै अमृतसरबाट पक्राउ गरेको थियो। त्यतिबेला पनि उनीहरूमाथि सैन्य अखडाहरूको जानकारी संकलन गरेको आरोप लागेको थियो, तर पछि जफर जमानतमा रिहा भएका थिए।
​हालै केन्द्रीय औद्योगिक सुरक्षा बल (सीआरपीएफ) का जवान मोतीराम जाटसँगको सोधपुछका क्रममा जफरको नाम पुनः सार्वजनिक भएको हो। ‘पहलगाम कनेक्सन’ का रूपमा हेरिएको यस घटनापछि गुप्तचर एजेन्सीहरूले उनको खोजी तीव्र पारेका थिए। करिब एक वर्षको सुक्ष्म अनुसन्धानपछि उनलाई कोलकाता नजिकैबाट नियन्त्रणमा लिइएको हो।
​अहिले सुरक्षा एजेन्सीहरूले जफरले कोलकातामा कुनै जासुसी सञ्जाल (स्लीपर सेल) फैलाउने प्रयास गरेका थिए वा थिएनन् भन्ने कोणबाट अनुसन्धान गरिरहेका छन्। उनलाई थप सोधपुछका लागि दिल्ली लगिएको छ र मामिलाको गम्भीरतापूर्वक छानबिन भइरहेको छ।

About Author

Advertisement