असाधारण पुनरागमनको साथ कालेबुङ पुलिस सेमिफाइनलमा

photocollage_202367233231667.jpg

७ जूनः डामडिम फ्रेण्ड्स यूनियन क्लबको आयोजनमा जारी गोल्ड कप नक्आउट फूटबल टुर्नामेण्टमा कालेबुङ पुलिस सेमिफाइनलमा पुग्यो। बुधवार खेलिएको दोस्रो क्वार्टर फाइनल म्याचमा कालेबुङ पुलिसले जलपाइगढ़ी पुलिसलाई टाईब्रेकरमा ३-२-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर २-२-को बराबरीमा रहेको थियो। म्याचमा एक समय त कालेबुङ पुलिसको टीम २ गोलले पछि रहेको थियो। सुमित टोप्पोको २ गोलको सहायताले बढ़त हासिल गरे पनि जलपाइगढ़ी पुलिसले दोस्रो हाफमा २ गोल खायो। कालेबुङ पुलिस टीमबाट नवजय लेप्चा र अजय तामाङले गोल गरे। म्याचमा विजेता टीमका खेलाड़ी प्रभास रोयलाई रेड कार्ड देखाइयो। अब ८ जूनको दिन खेलिने तेस्रो क्वार्टर फाइनल म्याचमा युनाइटेड खरसाङ फूटबल क्लब र दलसिंगपाड़ा स्पोर्ट्स एकाडमी (डीएसए)-बीच भिड़न्त हुनेछ। म्याच दिउँसो ४:३० बजीदेखि शुरु हुनेछ। टुर्नामेण्टको फाइनल १८ जूनमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई विनर्स ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा फेयर प्ले ट्रफी पनि रहेको छ।

About Author

Advertisement