असम: ​साफ महिला च्याम्पियनसिप २०२६ को उपाधि जितने भारतीय टोलीलाई मुख्यमन्त्री सरमाद्वारा हार्दिक बधाई

FB_IMG_1780860185994

गुवाहाटी: खेलकुदको दुनियाँमा भारतीय नारी शक्तिले पुनः एकपटक आफ्नो वर्चस्व प्रमाणित गर्दै ऐतिहासिक सफलता हासिल गरेको छ। दक्षिण एसियाली फुटबल महासंघ (साफ) को प्रतिष्ठित ‘साफ महिला च्याम्पियनसिप २०२६’-को उपाधि जितेर इतिहास रच्न सफल भएको भारतीय महिला फुटबल टोलीलाई असमका मुख्यमन्त्री हिमन्त बिस्वा सरमाले हार्दिक बधाई तथा शुभकामना ज्ञापन गर्नुभएको छ।
​मुख्यमन्त्री सरमाले सामाजिक सञ्जालमा खेलाडीहरूको प्रशंसा गर्दै लेख्नुभएको छ कि खेलकुदको संसारमा भारतीय नारी शक्ति पुनः एकपटक चम्किएको छ। सम्पूर्ण प्रतियोगिता अवधिभर भारतीय खेलाडीहरूले प्रदर्शन गरेको दृढता, एकाग्रता र उत्कृष्ट खेल कौशलले आज सम्पूर्ण देशबासीलाई गौरवान्वित तुल्याएको छ। उहाँले यस ऐतिहासिक जितले आउने नयाँ पुस्ता, विशेष गरी हाम्रा छोरीहरूलाई फुटबल खेलप्रति अझ बढी आकर्षित र प्रेरित गर्ने गहिरो विश्वास व्यक्त गर्नुभएको छ। महिला टोलीको यस गौरवमय यात्रा र ठुलो उपलब्धिमा सम्पूर्ण देशको साथसाथै आफूहरू पनि अत्यन्तै गर्व महसुस गरिरहेको उहाँले बताउनुभएको छ।

About Author

Advertisement