असम: राष्ट्रिय लोकतान्त्रिक गठबन्धन सरकारको १०० दिन पूरा

FB_IMG_1787242971045

असमका मुख्यमन्त्री सरमाद्वारा जनताप्रति आभार व्यक्त, प्रतिबद्धता पूरा गर्ने दाबी

गुवाहाटी: केन्द्रमा प्रधानमंत्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) सरकारको तेस्रो कार्यकाल र असममा दोस्रो कार्यकालको १०० दिन पूरा भएको अवसरमा असमका मुख्यमन्त्री हिमन्त विश्व सरमाले जनताप्रति आभार व्यक्त गरेका छन्।
​सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै मुख्यमन्त्री सरमाले भनेका छन्, “आदरणीय असमिया जनताले दिएको आशीर्वादका साथ, हामी आज दोस्रो कार्यकालको १००औँ दिनमा उपस्थित भएका छौँ। तपाईँहरूको आशीर्वादलाई शिरोधार्य गर्दै, म हाम्रा प्रतिबद्धताहरू पूरा गरेर र विगतका नयाँ कदमहरू चालेर तपाईँको सेवा गर्ने प्रयास गरिरहेको छु।”
​उनले #एनडीएको१००दिन प्रयोग गर्दै ‘संकल्पदेखि सिद्धिसम्म’ को यात्रा सुरु भएको बताएका छन्। सार्वजनिक गरिएको चित्रमा सरकारका उपलब्धिहरू र मुख्य विकास निर्माणका योजनाहरू समावेश गरिएको छ।

About Author

Advertisement