असम: गुडिरहेको रेलभित्रै महिलाले जन्माइन् शिशु, सहयात्री बने ‘देवदूत’

Screenshot_20260615_151558_Facebook

कछार: अगरतलादेखि असमको कछार जिल्ला मुख्यालय सिलचरतर्फ जाँदै गरेको गुडिरहेको रेलभित्र सोमबार एक महिलाले नवजात शिशु (छोरी) लाई जन्म दिएकी छन्। यात्राका क्रममा अचानक महिलालाई प्रसव पीडा सुरु भएपछि रेलमै सवार एक अन्य महिला यात्रुले ‘देवदूत’ बनेर सुरक्षित सुत्केरी गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी हुन्।
​प्राप्त जानकारी अनुसार, यात्राका क्रममा महिला छटपटाउन थालेपछि ती सहयात्री महिलाले तत्काल अग्रसरता देखाउँदै उद्धार र सहयोग गरेकी थिइन्। उनको तदारुकताका कारण आमा र नवजात बालिका दुवैको ज्यान सुरक्षित भएको छ।
​घटनाको सूचना पाउनासाथ रेलवे सुरक्षा बल (आरपीएफ) र रेलवेका उच्च अधिकारीहरू घटनास्थल पुगेर आवश्यक सहायता उपलब्ध गराएका थिए। त्यसलगत्तै आमा र छोरी दुवैलाई सुरक्षित रूपमा नजिकैको अस्पताल पुऱ्याई चिकित्सा सेवा उपलब्ध गराइएको छ।

​हाल आमा र शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य र स्वस्थ रहेको अधिकारीहरूले जनाएका छन्। संकटको घडीमा मानवीय संवेदनशीलता र साहस देखाउँदै सहयोगमा उत्रिएकी ती महिला यात्रुको यतिबेला अन्य यात्रु तथा रेलवे प्रशासनले उच्च प्रशंसा गरिरहेका छन्।

About Author

Advertisement