अमेरिका–इरान शान्ति सम्झौताको भारतद्वारा स्वागत, क्षेत्रमा शान्ति बहाली हुने प्रधानमन्त्री मोदीको विश्वास

7250a7f1-b68a-4a0d-aae4-4fd223c007bd

नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिका र इरानबीच भएको ऐतिहासिक शान्ति सम्झौताको स्वागत गरेका छन्। पश्चिम एसियामा जारी द्वन्द्वले विश्वभर गम्भीर आर्थिक असर पारेको र थुप्रै देशहरूले यसको क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै उनले यस कदमको सराहना गरेका हुन्।
​प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत पश्चिम एसियामा जारी संघर्ष अन्त्य गर्नका लागि अमेरिका र इरानबीच भएको सम्झौताको स्वागत गरेका छन्। यो सम्झौता पूर्ण रूपमा कार्यान्वयनमा आएसँगै उक्त क्षेत्रमा शान्ति र स्थिरता पुनस्र्थापना हुनेमा उनले विश्वास व्यक्त गरेका छन्। साथै, यसले अन्तर्राष्ट्रिय जलमार्गमा नौवहन र व्यापारको स्वतन्त्रता सुनिश्चित गर्न ठूलो मद्दत पुग्ने प्रधानमन्त्री मोदीको भनाइ छ। भारतले दुवै देशबीच बाँकी रहेका अन्य असमझदारी र मुद्दाहरू पनि आपसी संवादका माध्यमबाटै सुल्झिने र आगामी दिनमा एउटा स्थायी एवं अन्तिम सम्झौता तय हुने आशा राखेको छ। अमेरिका र इरानबीच भएको यस शान्ति सम्झौतापछि रणनीतिक रूपमा निकै महत्त्वपूर्ण मानिने ‘हर्मुज स्ट्रेट’ मा जारी तनाव कम हुने र विश्वव्यापी ऊर्जा आपूर्ति पुनः सहज हुने अपेक्षा गरिएको छ। भारतले पनि लामो समयदेखि यस क्षेत्रमा शान्ति र स्थिरता कायम हुनुपर्ने पक्षमा वकालत गर्दै आएको थियो।
​यसैबीच, प्रश्नपत्र बाहिरिएपछि रद्द भएको ‘नीट–यूजी’ परीक्षा आगामी असार ७ गते सञ्चालन हुने भएको छ भने राज्यमा गठन भएको नयाँ सरकारको पहिलो बजेट असार ८ गते प्रस्तुत गरिने तयारी गरिएको छ।

About Author

Advertisement