असम: केन्द्रीय मन्त्री सर्बानन्द सोनोवालका दाजु प्रसाद सोनोवालको निधन

Screenshot_20260802_233205_Facebook

मुख्यमन्त्री हिमन्त विश्व सरमाद्वारा डिब्रुगढ पुगेर श्रद्धाञ्जली अर्पण

डिब्रुगढ: स्टेट बैंक अफ इन्डियाका सेवानिवृत्त महाप्रबन्धक तथा समाजसेवी प्रसाद सोनोवालको निधन भएको छ। उहाँ केन्द्रीय मन्त्री सर्बानन्द सोनोवालका जेठा दाजु हुनुहुन्छ।
​उहाँको निधनमा शोक व्यक्त गर्न असमका मुख्यमन्त्री हिमन्त विश्व सरमा डिब्रुगढस्थित केन्द्रीय मन्त्री सोनोवालको निवास पुगेर दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। मुख्यमन्त्री सरमाले प्रसाद सोनोवालको सादगी, समर्पित पेसागत जीवन र उच्च मानवीय मूल्यमान्यता समाजका लागि सधैँ प्रेरणादायी रहने बताउनुभयो। उहाँको निधनले समाजलाई अपूरणीय क्षति पुगेको उल्लेख गर्दै मुख्यमन्त्रीले शोक सन्तप्त सोनोवाल परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको छ।

About Author

Advertisement