पुलिस संयन्त्रको सुधार र ‘डायल ११२’ मोबाइल सेवा स्वीकृत
गुवाहाटी: असम राज्य क्याबिनेटको बैठकले राज्यको समग्र विकास र शान्ति सुरक्षालाई सुदृढ बनाउन कयौँ जनमुखी एवं महत्त्वपूर्ण निर्णयहरू गरेको छ।
मुख्यमन्त्री डा. हिमन्त विश्व सरमाको अध्यक्षतामा बसेको उक्त बैठकले प्रहरी संयन्त्रमा युगान्तकारी सुधार गर्ने उद्देश्यका साथ ‘डायल ११२’ भ्राम्यमान (मोबाइल) प्रहरी सेवालाई औपचारिक स्वीकृति दिएको छ।
बैठकमा भोलिदेखि सुरु हुन लागेको असम विधानसभाको बजेट अधिवेशनमा प्रस्तुत गरिने विभिन्न महत्त्वपूर्ण विधेयकहरूका बारेमा पनि विस्तृत छलफल र निर्णय गरिएको छ।
क्याबिनेटले पारित गरेका यी जनपक्षीय निर्णयहरूले असमका नागरिकहरूको सुरक्षा, सेवा प्रवाह र दैनिक जीवनमा सकारात्मक एवं सहयोगी भूमिका खेल्ने विश्वास राज्य सरकारले व्यक्त गरेको छ।











