अष्ट्रेलियाई टेस्ट टोलीमा स्थान पाएनन् दिग्गज स्पिनर नाथन लायनले

IMG-20261128-WA0079(1)

सिडनी: न्यूजील्याण्डविरुद्ध खेलिने टेस्ट सीरीजको पहिलो म्याचको निम्ति क्रिकेट अष्ट्रेलिया (सीए)-ले १३ सदस्यीय टोलीको घोषणा गऱ्यो। टोलीमा अनुभवी स्पिनर नाथन लायनलाई स्थान प्राप्त भएन। यसरी कोरी रोचिकियोली र ज्याक क्लेटनलाई पहिलोपल्ट टेस्ट टोलीमा सामेल गरिएको छ। अष्ट्रेलियाई चयनकर्ताहरूले पहिलो टेस्टबाट लायनलाई बाहिर गर्ने कठिन फसेला लिएका छन्। उनले अहिलेसम्म १४५ वटा टेस्ट म्याचमा ५७७ विकेट लिएका छन्। लायनले १३ सालपछि टेस्ट टोलीमा स्थान गुमाएका छन्। यसअघि उनलाई अन्तिमपल्ट २०१३-मा एशेज सीरीजको अवधि टोलीबाट बाहिर गरिएको थियो। चयन समितिका अध्यक्ष जर्ज बेलीले बताएअनुसार, लायनले गत केही समयदेखि आशानुरुप प्रदर्शन गर्न सकेका छैनन्। यसको साथमा उनले अष्ट्रेलियाई क्रिकेटमा लायनको अनुभव र योगदानलाई पनि महत्त्वपूर्ण बताए। बेलीले भने, हालका म्याचहरूमा नाथनले बलको साथ हामीले सोचे जस्तो प्रदर्शन गर्न सकेका छैनन्। उनको रेकर्ड कति राम्रो छ भन्ने हामीलाई थाहा छ। उनको अनुभव, ज्ञान र कौशल हाम्रो आउँदो म्याचहरूका निम्ति मूल्यवान हुन सक्नेछ। न्यूजील्याण्डविरुद्ध सीरीजमा टोलीको हिस्सा नहुने लाबुशेनलाई यस महिनाको शुरुमै बताइएको थियो। यसरी गर्दनको चोटबाट मुक्त भएका स्टीभ स्मिथ प्रथम एकादशको हिस्सा हुने सम्भावना छ। अष्ट्रेलिया र न्यूजील्याण्डबीच पहिलो टेस्ट म्याच पर्थमा ९ दिसम्बरदेखि शुरु हुनेछ।
अष्ट्रेलियाको टेस्ट टोली: प्याट कमिन्स (कप्तान), स्कट बोलण्ड, एलेक्स केरी, ज्याक क्लेटन, क्यामरन ग्रीन, जोश हेजलवुड, ट्रेविस हेड, जोश ईंग्लिस, माइकल नेसर, म्याट रेनशा, कोरी रोचिकियोली, स्टीभ स्मिथ र मिचेल स्टार्क।

About Author

Advertisement