अवैध निर्माण विरूद्ध रेलवे पुलिसले अभियान शुरु

jki.png

सिलगढ़ी: रेलवेको जमीनमा अवैध निर्माण विरूद्ध रेलवे पुलिसले अभियान शुरु गरेको छ। रेलवे पुलिसले एनजेपी स्टेशन नजिक नेताजी मोड़ क्षेत्रमा धेरै ठूला-साना दोकानहरू तोड्यो। त्यही, अभियानमा सानो दोकानहरूको आड़मा बनिरहेको पक्का एक दोकानलाई पनि ढालियो।

अभियानमा रेलवे पुलिसलाई व्यवसायीहरूको आक्रोशको सामना पनि गर्न पऱ्यो। धेरै व्यवसायीहरूले बिना नोटिसको दोकान तोड़ेको आरोप पनि लगाए। यहाँसम्म कि व्यवसायीहरूले आरोप लागउँदै भने, ‘वीआईपी रोड नजिक रेलवे जमीनमा धेरै अवैध निर्माण छ। रेलवे पुलिसले किन त्यहाँ अभियान चलाउँदैन’।

About Author

Advertisement