नयाँ दिल्ली: दिल्लीको डा अम्बेडकर भवन प्रेक्षागृहमा अल ईण्डिया बुद्धिष्ट फोरमद्वारा एक महत्त्वपूर्ण बौद्ध सम्मेलन सभा विशेष बीटीएमसी विषय डाकिएको थियो। फोरम अध्यक्ष जम्बु लामाको सभापतित्वमा बसेको उक्त कानुनी मन्थन सभामा विभिन्न राज्यहरूबाट लगभग एकसय बौद्ध विज्ञजन्, कानुनी विशेषज्ञ, लामा-भान्ते, विभिन्न बौद्ध संगठन का प्रतिनिधि हरूले अंश ग्रहण गरेका थिए। सभामा विशेष गरी बुद्ध गया टेम्पल म्यानेजमेन्ट कमिटी (बीटीएमसी) विषय नै आजको सभाको मुख्य एजेन्डा थियो जसमा त्यसताक परिस्थिति अनुसार अस्थायी रूपमा गठन गरिएको बीटीएमसी एक्ट १९४९ लाई आजपर्यन्त अवैध रूपमा बौद्धहरूलाई नगन्य राखेर यहाँका स्थानीय महन्त हिन्दू ब्राह्मणहरूद्वारा नै उक्त कमिटी सञ्चालन गरिरहेकोमा वक्ताहरूले असन्तुष्टि प्रकट गर्दै यसलाई जसरी भए पनि कानुनी तौरमा न्यासंगत बनाउन उक्त एक्टलाई यथाशीघ्र रद्ध गरी नौजना सदस्यहरूमा सबै नै बौद्ध मनोनीत गरिनु पर्ने कानुन पास गरिनु पर्ने कुरामा जोड दिँदै गहन छलफल गरियो। विगत २६ नोभेम्बर २०२३ को बुद्ध गया बौद्ध शान्ति रयालीलाई अपार सफलता प्रदान गर्दै रयालीमा भाग लिन आउने सम्पूर्ण राज्यका बौद्ध संघ-संस्था एवं सम्पूर्ण प्रतिनिधि गण हरूमा आभार प्रकट गर्दै महासचिव आकाश लामाले भविष्यमा पनि यस्तै बौद्ध एकता र अखण्डताको निम्ति एकजुट हुने आह्वान गरेका छन्।

यसै सन्दर्भमा आजको सभामा सर्वसम्मति द्वारा आगमी १७ सेप्टेम्बर को दिन महान बौद्ध विद्वान पण्डित अनागरिक धर्मपालको जन्म जयन्तीको अवसर पारेर बिहार राज्यको राजधानी पटना मा एक विशाल बौद्ध रयालीको आयोजन गरिने निर्णय पारित गरियो जसको मुख्य लक्ष्य बीटीएमसीमा सम्पूर्ण रूपमा बौद्ध सदस्य हरु नै मनोनीत गरिनु पर्ने मांग संगै बिहार सरकारलाई झक्झकाउनु रहेको बताए जुन रयालीमा लाखौंको संख्यामा बौद्ध हरू भेला गराईने संकल्प पारित गरियो।










