गान्तोक: सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले हिजो, आइतवार अयोध्या धाम पुगेर श्री रामललाको दर्शन गरे। उनले राज्यमा मानिसहरू र आत्मीय जनहरूको सुख, समृद्धि र खुशीको निम्ति प्रार्थना गरे।
यस अवसरमा राज्यकी प्रथम महिला कुमुद देवी पनि उपस्थित थिइन्। उक्त जानकारी राजभवनले प्रेस विज्ञप्तिमा दिएको छ।
दर्शनपछि आफ्नो अनुभव साझा गर्दै राज्यपालले यसलाई भावविह्वल क्षण बताए जुन उनको चेतनामा सदैव अंकित रहनेछ। यसैगरी, राज्यपालले अयोध्यास्थित सरयू नदीको पनि दर्शन गरे। उनले आध्यात्मिक उर्जाको प्रतीक मॉं सरयू नदीबाट सबैको समृद्धिको निम्ति प्रार्थना गरे।
हिन्दू पौराणिक मान्यता अनुसार, त्रेता युगमा भगवान श्री रामको जन्म स्थल र राज्यको राजधानी अयोध्या सरयू नदीको तटमा स्थित छ, जस कारण हिन्दुहरूमा यसको अत्यधिक महत्व छ।











