अयन शीलको घरमा भेटियो ६० नगर पालिकामा नियुक्तिसित सम्बन्धित दस्तावेज

IMG-20230410-WA0169-11-300x172-2

कोलकाताः पश्चिम बंगालको बहुचर्चित शिक्षक नियुक्ति भ्रष्टाचारको मामिलामा पक्रा परेका हुगली निवासी प्रमोटर एवं तृणमूल नेता अयन शीलको घरबाट ६० नगर पालिकामा नियुक्तिसित सम्बन्धित दस्तावेजहरू भेटिएका छन्। लगभग २०० करोड़ रूपियॉं नगर पालिकाहरूमा नियुक्तिबाट संग्रह गरिएको छ।

ईडी सूत्रहरूले बिहिवार उक्त जानकारी दिए। बुधवार राज्यको आठ नगर पालिकामा सीबीआई र ईडी अधिकारीहरूले म्यारथन छापा मारेको थियो। दक्षिण दमदम नगर पालिकामा राति नौ बजीसम्म खोजी अभियान चलाइयो। जानकारी अनुसार, एकपल्ट फेरि नगर पालिकामा जॉंचको निम्ति केन्द्रिय एजेन्सी जान सक्छ। ईडीका एक अधिकारीले आफ्नो नाम नबताउने शर्तमा भने, अयन शीलको घरबाट राज्यका ६० नगर पालिकामा नियुक्तिसित सम्बन्धित ४०० ओएमआर शीट भेटिएका छन्। उसले आफ्नो अफिसको ड्रावरमा यसलाई लुकाएर राखेका थिए। सोही आधारमा बधुवार म्यारथन छापा मारियो र खोजी अभियान पनि चलाइयो।

-हिस

About Author

Advertisement