अमेरिकी आक्रमण नरोकिएसम्म होर्मुज स्ट्रेट नखोलिने ईरानी सेनाको चेतावनी

77bd3edd-3566-4a76-b7fc-0993dd0c4142

तेहरान: अमेरिका र ईरानबीच जारी सैन्य तनावका बीच ईरानी सेना (आईआरजीसी) ले अमेरिकी आक्रमण र नाकाबन्दी पूर्ण रूपमा अन्त्य नभएसम्म रणनीतिक महत्त्वको होर्मुज जलडमरूमध्य (स्ट्रेट ऑफ होर्मुज) नखोलिने चेतावनी दिएको छ।
अमेरिकी सेनाद्वारा ईरानी बन्दरगाहहरूमा गरिएको घेराबन्दीको जवाफमा ईरानले यस्तो चेतावनी दिएको हो।
​ईरानी रिभोल्युसनरी गार्ड्स (आईआरजीसी) ले अमेरिका र उसका सहयोगी राष्ट्रहरूलाई लक्षित गर्दै क्षेत्रीय तेल आपूर्ति बन्द गरिदिने धम्की दिएको छ। ईरानले लाल सागरमा रहेको साउदी अरबको प्रमुख तेल निर्यात मार्ग ‘बाब अल मन्देब’ तर्फ सङ्केत गर्दै अन्य व्यापारिक कोरिडोरहरू समेत ठप्प पार्न सक्ने चेतावनी दिएको छ। अमेरिकाले यस क्षेत्रमा आफ्ना युद्धपोतहरू तैनाथ गरी ईरानी तेल र ग्यास निर्यातमा रोक लगाएपछि ईरानले उक्त क्षेत्रबाट अब कि त कसैले पनि ऊर्जा निर्यात गर्न नसक्ने, कि त सबै देशलाई सहज रूपमा गर्न दिनुपर्ने अडान राखेको छ.
​यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज स्ट्रेटको सुरक्षा खर्च उठाउनका लागि प्रस्ताव गरेको २० प्रतिशत सिपिङ शुल्क (टोल फि) लिने निर्णय फिर्ता लिएका छन्। खाडी मुलुकका सहयोगी नेताहरूसँगको वार्तापछि ट्रम्पले शुल्कको सट्टा ती देशहरूले अमेरिकामा अरबौँ डलरको अतिरिक्त लगानी गर्ने प्रतिबद्धता जनाएको उल्लेख गरे। विश्वकै सबैभन्दा व्यस्त ऊर्जा मार्गको सुरक्षामा अमेरिकाले लामो समयदेखि निर्वाह गर्दै आएको भूमिकालाई निरन्तरता दिन यो लगानी उत्तम विकल्प हुने ट्रम्पको भनाइ छ।

About Author

Advertisement