अप्पर नोर बस्तीमा हाम्रो पार्टीको सभा सम्पन्न

पुरण गुरूङ अध्यक्ष र चञ्चल गुरूङ सचिव चयन

दार्जीलिङ: दार्जिलिङके अप्पर नोर बस्तीमा हाम्रो पार्टीको सभा सम्पन्न भएको छ। अप्पर नोर बस्ती ग्राम पञ्चायत निवासी भीम सुब्बाको घरको प्रांगनमा हाम्रो पार्टीको सभा सम्पन्न भयो। मन सुब्बाको अध्यक्षतामा सम्पन्न भएको सभामा स्थानीय गाउँलेहरूको अपार उपस्थिति रहेको थियो। आयोजित सभामा अप्पर नोर बस्ती ग्राम पञ्चायत क्षेत्रमा हाम्रो पार्टीको कार्यकर्ता एंव समर्थकहरू भएता पनि अध्यक्ष र सचिव जस्ता पदहरूमा चयन गर्ने कार्य भएको थिएन। आयोजित सभामा यी सबै विषयहरूमा गहनपूर्वक चर्चा परिचर्चा भएपछि सबैको सल्लाह र सुझाव अनुरूप हाम्रो पार्टी नोर बस्ती ग्राम पञ्चायत अध्यक्ष र सचिव चयन गर्ने कार्य सम्पन्न भयो जसमा सर्वसहमति अनुरूप पुरण गुरूङलाई अध्यक्ष अनि चञ्चल गुरूङलाई सचिव चयन गर्ने कार्य भएको छ। अप्पर नोर बस्ती ग्राम पञ्चायत लगायत यसको वरिपरि क्षेत्रका धेरै हाम्रो पार्टीको सोच र भिजनलाई मन पराउँदै हाम्रो पार्टीमा सामेल भएका छन्।आगमी केही भित्रमा नै अझ धेरै समर्थकहरूले हाम्रो पार्टीमा सामेल हुने भएको जानकारी प्राप्त भएको छ। स्मरण रहोस् हाम्रो पार्टीको सोच र भिजनलाई पहाडको शहरीय क्षेत्रहरूदेखि लिएर गाउँ बस्ती एंव चिया बगान साथै ग्रामीण क्षेत्रका मानिसहरूले मन पराउँदै आईरहेको हुनाले समर्थन जनाउँने कार्य तीव्र गतिमा चलिरहेको छ हाम्रो पार्टी सुत्रले जानकारी गराएका छन्।

About Author

Advertisement