गान्ताेक: यस अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा, हामी समाज र राष्ट्रभरि सकारात्मक परिवर्तन ल्याइरहेका युवाहरूको उत्साह, सिर्जनशीलता र अकाङ्क्षाहरूको सम्मान गर्दछौँ। सिक्किममा हाम्रा युवाहरूले आफ्नो प्रतिभा, दृढ सङ्कल्प र उज्ज्वल भविष्य निर्माणप्रतिको प्रतिबद्धतामार्फत हामीलाई निरन्तर प्रेरित गरिरहेका छन्।
आउनुहोस्, हाम्रा युवाहरूलाई उनीहरूको सम्भावनालाई साकार पार्न तथा एक मजबुत, समावेशी र प्रगतिशील सिक्किम एवं भारत निर्माणमा योगदान पुर्याउन गुणस्तरीय शिक्षा, अर्थपूर्ण अवसर, कौशल र योग्य सहयोगका साथ सशक्त बनाइराखौँ।
हाम्रा युवाहरूले साहसका साथ सपना देख्न, आत्मविश्वासका साथ नेतृत्व गर्न र समाजमा सकारात्मक परिवर्तन ल्याउन निरन्तर अघि बढिरहून्।
सबैमा अन्तर्राष्ट्रिय युवा दिवसको हार्दिक शुभकामना!









