अनित थापाको राजीनामा विषयमा भाजपा अध्यक्ष सञ्जीव लामाको प्रतिक्रिया

IMG-20260617-WA0149

अब जीटीएमा कसैले पनि राल नकाट्नु होला: सञ्जीव लामा

दार्जिलिङ: अनित थापाको राजीनामा विषयमा भाजपा दार्जिलिङ जिल्ला अध्यक्ष सञ्जीव लामाको प्रतिक्रिया दिएका छन्। भाजपा अध्यक्ष सञ्जीव लामाले बिजनबारीमा पत्रकारहरुलाई सम्बोधन गर्दै भने, ‘जीटीए प्रमुख अनित थापाले राजीनामा दिनु नै पर्ने बाध्यताको अवस्था बनेको थियो। बल्ल अनित थापाले राजीनामा दिएका छन्। तर उनलाई राजीनामा दिनु भनेर हामी कसैले पनि प्रेसर दिएका थिएनौं। सरकारले पनि प्रेसर दिएको थिएन। तर उहाँहरुको बोर्डले निर्णय गरेको हुनसक्छ। तर अब जीटीएमा कसैले पनि राल नकाट्नु होला। हुनसक्छ सरकारले प्रशासक राखेर जीटीए चलाउनु सक्छ। जीटीएको निम्ति कसैले होडबाजी नगर्नु होला, ‘मुखमा राम राम, बगलीमा छुरा नहोस्’, जीटीए चाहिन्दैन भन्छौं अनि व्यवहारिक रुपमा पनि जीटीएमा राल नकाट्नु होला।’
लामाले अघि भने, ‘अब पहाडमा जीटीए रहिरहन कुनै आवश्यक छैन। जीटीए व्यवस्था जनताको लागि अभिश्राप हो।’ उनले अझ भने, ‘जीटीएमा भएको भ्रष्टाचारको छानबीन हुनुपर्छ। तर छानबीन अनित थापाको पालादेखि मात्रै होइन तर अघिको जीटीएदेखि नै जाँच हुनुपर्छ। किनभने विमल गुरुङको पालादेखि नै जीटीएमा आएको पैसाको कुनै हर हिसाब छैन। जीटीएको भ्रष्टाचारमा सभासदहरु र सरकारी अधिकारीहरु पनि पर्न सक्छन्।’

About Author

Advertisement