अण्डर १४ बोइजको खिताब सन्त अल्फान्सस् स्कूल अनि ओपन गर्ल्सको खिताब युकेएफजीसीको झोलिमा

0f3d5615-0ca0-4ecd-b8ae-5e06b8c802c0

खरसाङ: खरसाङको मन्टिभियट खेल मैदानमा स्व लुते सिंह सार्की विजेता अनि स्व सुखमाया सार्की उप विजेता त्रिस्तरीय फुटबल प्रतियोगिता अन्तर्गत आज दुई वटा फाइनल हरु खेलियो जसमा प्रथममा अण्डर १४ बोइज फुटबल अन्तर्गत सन्त अल्फान्सेस स्कुल अनि महानदि फुटबल एकेडेमीमाझ सम्पन्न भयो। प्रथममा दुई गोलले पछाडिए एक सुन्दर कम ब्याग गर्दै सन्त अल्फन्सेस स्कूलले यो खेल २ को विरुद्ध ४ गोलले जिते। पराजयको सामना गर्नु परे पनि महानदि एफ ए का खेलाडी कुणाल छेत्रीलाई म्यान अफ् द म्याच घोषित गरियो भने म्यान अफ् द सिरिज सन्त अल्फेन्सेस् स्कूलका रवन्त खवास चयन भएका छन्। यस्तै प्रकारले अर्को फाइनल गर्ल्स ओपेन अन्तर्गत शेर एफसी कालेबुङ बनाम युनाइटेड खरसाङ गर्ल्स फुटबल क्लबमाझ सम्पन्न भयो। यो खेल चरम उत्तेजनाले भरिएको थियो। निर्धारित समयमा दुवै दल १ १ को बराबरीमा रहे भने खेलको निर्णय पेनाल्टीद्वारा गरियो। जसमा खरसाङ गर्ल्स टिमले ४ गोल गरे भने कालेबुङ गर्ल्स टिमले २ गोल मात्र गर्न सके। यसरी यो फाइनल युनाइटेड खरसाङ गर्ल्स फुटबल क्लबले २ को विरुद्ध ५ गोल ले जितेर गर्ल्स ओपेनको खिताब जितेका छन्। आफ्नो उत्कृष्ट प्रदर्शनको फलस्वरूप खरसाङ गर्ल्सका खेलाडी शिवानी शर्मालाई प्लेयर अफ् द म्याच घोषित गरियो। उसरी नै शेर एफसीका अग्र पन्तिका खेलाडी अञ्जली गुरुङलाई प्लेयर अफ् द सिरिज घोषित गरियो। दुवै विजेता अनि उप विजेता दलहरुलाई डीएमडीसी लाडेन लेप्चा, पूर्व सभासद श्याम शेर्पा, खरसाङ महकुमा खेलकूद संघका कार्यकारी अध्यक्ष मोहन योञ्जन, प्रमुख संग्रक्षक टीटी लामा र एसबी सुनवार अनि सल्लाहकार दावा गोले अनि सार्की परिवारका सदस्यहरुद्वरा पुरस्कारहरु प्रदान गरियो। अब शनिवार स्व लुते सिंह सार्की विजेता अनि स्व सुखमाया सार्की उप विजेता फुटबल अन्तर्गत अन्तर कार्यालय लिग फुटबलको फाइनलमा खरसाङ ट्राफिक गार्ड बनाम एयर फोर्समाझ खिताबी भिडन्त हुनेछ। आजको खेलहरूको सञ्चालन जिग्मी लेप्चा, मदन राई अनि अमित दर्जीले गरेका थिए।

About Author

Advertisement