अजम्बरी संघको वार्षिक साधारण सभा साथै सम्वर्ध्दना कार्यक्रम

IMG-20260615-WA0097

सोनादा: अजम्बरी संघ गुराँस डाँडा ४६० पूलको वार्षिक साधारण सभा सभाध्यक्ष बुद्ध डुकपाको अध्यक्षतमा सम्पन्न गरियो। सभालाई सचिव आरती थापा तामाङले सञ्चालन गरेका थिए भने स्वागत सम्भाषण सह सचिव शितोष्ण तामाङले गरेकी थिइन्। कार्यक्रमलाई स्वागत गीत सङ्घको (संघर्ष नै यो जीवन हो भने) सङ्घका उपाध्यक्ष सोनाम लामा योञ्जन अनि कार्यकारी सदस्य-सदस्याहरुले गाएर गरियो। सङ्घको हर हिसाबको विवरण सङघकी कोषाध्यक्षा प्रगति तामाङ डुकपाद्वारा गरियो। कार्यक्रममा सङ्घका ८० वर्षदेखि माथि उमेर पुगेका कर्मठ वरिष्ठ सदस्य सदस्याहरूलाई सम्मान जनाइयो। यसको साथै छेवाङ डुकपालाई इन्जीनियरीङ उत्तीर्ण गरेकोमा, अर्पिता तामाङ निट परीक्षा पास गरेवापत, दिपेश छेत्रीलाई नेट उत्तीर्ण गरेकोम, नाट्य कलाकार प्रभात पाख्रीनलाई पनि सम्मान जनाइयो। यसबलगायत १६ जना माध्यमिक दिने, उच्च माध्यमिक दिने नानीहरुलाई पनि सम्मान जनाइयो भनी शेरप लेप्चाले जानकारी गराएका छन्।

About Author

Advertisement