खरसाङ: अग्निशमन भूतपूर्व कर्मचारी कल्याण समिति खरसाङको आठौँ वार्षिक सभा स्थानीय रेलवे पेन्सनर्स एसोसिएसनको कार्यालयमा सम्पन्न भयो। उक्त सभामा पुरानो कमिटी विघटन गरी चयन प्रक्रियाद्वारा नयाँ पदाधिकारीहरुलाई कार्यभार प्रदान गरियो। यस नयाँ समितिमा कार्यवाहक सभापति आरपी लामा,बसभापति गोपाल प्रधान, उप सभापति डीके लामा, सचिव पीटी यल्मो,
सह सचिव डीके छेत्री, कोषाध्यक्ष कमल प्रधान,
सह कोषाध्यक्ष गणेश प्रधान, प्रसार प्रचार सचिवमा फुर्बा तामाङ चयन भएका छन्। यसको साथै पाँचजना कार्यकारिणी सदस्यगण पनि चयन गरिएका छन्। सभामा फुर्बा तामाङ, गोपाल प्रधान, उत्तम खवास र पीटी यल्मोले संस्थालाई अघि बढाउन सबै सक्रिय रहेर कार्य गर्ने आह्वान् गरे। सभामा विभागीय अधिकारीको गौरवमय पदबाट अवकाश लिएका उत्तम खवासलाई सम्मान स्वरूप स्मृति चिन्ह प्रदान गरियो। सभामा प्रेम शर्माले पञ्जीकृत संस्थाको हैसियतले सबै खाता पत्र नियमानुसार लेखिनुपर्ने एवं संगठनलाई मानवीय व्यवहारिक कर्म र जनचेतनामुलक कार्यमा अघि लाने अपील गरेका थिए। सभामा डीके छेत्रीले सम्मेलन दुइ वर्षको अन्तरमा सम्मेलन गर्न उचित रहने सुझाव दिएका छन्। त्यसरी नै सभामा आरपी लामाले संस्थाको कार्यक्रममा गतिशीलता हुनपर्नेमा जोड दिएका छन्। अन्त्यमा सबैलाई धन्यवाद पछि सम्मेलनको कार्यक्रम समाप्त गरियो भनी प्रचार प्रसार सचिव फुर्बा तामाङले जानकारी गराएका छन्।





