२५ जुलाईः च्याँगा बस्ती युथ क्लबको तत्त्वावधानमा आयोजित ७७औं इण्डिपेण्डेन्स कप २०२३ नक् आउट फूटबल टुर्नामेण्टमा ईष्ट च्याँगाको टीमले रोमाञ्चक जीत हासिल गऱ्यो। सोमवार च्याँगा दुर्गा मन्दिर मैदानमा खेलिएको पहिलो राउण्डको अन्तिम म्याचमा ईष्ट च्याँगाले ग्रिमिट लाइन पानीघट्टालाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट सन्दीपले १५औं अनि सौरभले ३९औं मिनटमा गोल गरे। यसरी ग्रिमिट लाइनबाट जीनियसले ३५औं मिनटमा गोल गरे। यस टुर्नामेण्टमा जम्मा ३२ वटा टीमले हिस्सा लिएको छ। आयोजक समितिका कोषाध्यक्ष ग्याल्छेन तामाङले बताएअनुसार, यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा २५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।