दार्जिलिङ: आज दार्जिलिङको झिगर बौद्ध गुम्बामा बौद्ध धर्मगुरू झिगर रिम्पोर्छेको ६३औँ जन्मदिवस केक काटेर धुमधामसँग मनाइयो। अतिथिका रूपमा निमन्त्रित गोरामुमो अध्यक्ष मन घिसिङले झिगर बौद्ध गुम्बामा पुगेर धर्मगुरू झिगर रिम्पोर्छेको जन्म दिवस कार्यक्रममा अंश ग्रहण गर्नको साथै गुम्बामा पुजा आर्चना धर्मगुरू झिगर रिम्पोर्छेको जन्म दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै सुस्वस्थ्य अनि दिर्घायुको कामना गरे।

यसैक्रममा आयोजक गुम्बाद्वारा अध्यक्ष मन घिसिङको निम्ति पुजा आर्चना गर्नको साथै मन्त्र जप गर्दै आशिर्वाद स्वरुप तिनलाई संवर्द्धना जनाइयो।










