सिलगढीमा फुड सर्भेको नाममा आधार कार्ड र ओटीपी संग्रह गर्ने ३ जना युवकलाई पक्रेर सुम्पिदियो पुलिसलाई

IMG-20230528-WA0320-5-300x172-7

सिलगढी: सिलगढीमा ३ जना युवक घर-घर गएर फुड सर्भेको नाममा आधार कार्ड र ओटीपी संग्रह गरिरहेको समय स्थानीय मानिसहरूलाई सन्देह लागेपछि तिनीहरूलाई पक्रेर पुलिसलाई सुम्पिदियो। उक्त घटना सिलगढीको ४ नम्बर वार्ड अन्तर्गत कुमारटुली इलाकाको हो। प्राप्त जानकारी अनुसार आज तीनजना युवक उक्त इलाकाको घर-घर पुगेर एउटा निजी कम्पनीको तर्फबाट फुड सर्भेको नाममा आधार कार्ड र अन्य कागजपत्रहरू मागेको बताइएको छ। एकजना निवासीलाई तिनीहरूमाथि सन्देह लागेपछि तिनले ती युवकहरूको परिचय पत्र देखाउने आग्रह गर्दा सो देखाउन सकेनन्। यसपछि स्थानीय मानिसहरूले ती ३ जना युवकलाई पक्रेर खालपाडा आउटपोस्ट पुलिसलाई घटनाबारे खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर ती युवकहरूलाई हिरासतमा लिएर थानामा लगेको बताइएको छ स्थानीय मानिसहरूले बताए अनुसार यस प्रकारको घटना पहिला पनि भएको थियो। यिनीहरूको एउटा टीम सहरको विभिन्न ठाउँमा घुमेर मानिसहरूबाट आधार कार्ड र ओटीपी एकत्रित गरिरहेको छ। ३ वर्ष अघि इलाकाका एकजना निवासीले यस्तै प्रकारले लगभग साढ़े तीन लाख रुपये गुमाउन परेको थियो । खालपाडा आउटपोस्ट पुलिसले घटनाको जाँच गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement