डिआइफण्ड अनि डेभोलोपमेण्टका नागरिकलाई भूमिको अधिकार दिलाउन मुद्दा भूमि अनि भुमिसुधार विभागमा हस्तान्तरण गर्ने राज्यको मन्त्री मण्डलद्वारा अनुमोदन

IMG-20230724-WA0342.jpg

दार्जिलिङ: डिआइफण्ड अनि डेभोलोपमेण्टका नागरिकलाई भूमिको अधिकार दिलाउन मुद्दा भुमि अनि भुमिसुधार विभागमा हस्तान्तरण गर्ने राज्यको मन्त्रीमण्डल (Cabinet) ले अनुमोदन गरेको जानकारी प्राप्त भएको छ। आजदेखि राज्यको मनसून सत्र शुरु भएको छ। यो समय कालेबुङका विधायक सदनमा भाग लिन कोलकातामा छन्। उनले कोलकाताबाट जानकारी दिँदै भने, “जीटीए क्षेत्रका डिआइफण्ड अनि डेभोलोपमेण्ट क्षेत्रमा बसोबासो गर्नेहरुको निम्ति खुशीको खबर यो छ कि राज्य सरकारले डिआइफण्ड अनि डेभोलोपमेण्ट क्षेत्रमा बसोबासो गर्ने नागरिकहरुको जमीनको मालिकाना हकको निम्ति भूमि अनि भूमी सुधार विभागमा हस्तान्तरण गर्ने भएको छ। उक्त विषयलाई आज राज्यको मन्त्रीमण्डल (Cabinet) ले पनि अनुमोदन गरेको छ।”
उनले डिआइफण्ड अनि डेभोलोपमेण्ट क्षेत्रमा बसोबासो गर्ने नागरिकलाई बधाई दिँदै जीटीए प्रमुख कार्यपाल अनित थापाप्रति कृतज्ञता प्रकट गरेका छन्। यस विषयमा अनित थापासँग उनको टिप्पणी जान्न खोज्दा उनले भने, “डिआइफण्ड अनि डेभोलोपमेण्ट क्षेत्रमा बस्ने नागरिकको निम्ति यो महत्वपूर्ण खबर हो। अब उहाँहरूको जमीनको अधिकार पनि उहाँहरूकै नाममा हुनेछ। बीजीपिएमले शुरुदेखि नै नागरिकलाई अधिकार दिलाउनु शुरु गरेको पहल हो यो। मेरो जमीन मेरो अधिकारको नारा लिएर शुरु गरिएको पहलको उपलब्धि हो यो हस्तान्तरण। यो बीजीपीएमको एउटा ठूलो उपलब्धि पनि हो। विधायक रुदेन सादाले पनि यस मुद्दालाई पक्रेर नै लैजानु भयो। उहाँलाई पनि बधाई दिनु चाहन्छु।”
स्मरण रहोस यो समय जीटीए चिफ् अनित थापा, डेपुटी चेयरम्यान राजेश चौहान, कार्यकारी सभासद अरुण सिगंची, कालेबुङका विधायक रुदेन सादा कोलकातामा छन् अनि विभिन्न विभागका अधिकारीहरू अनि मन्त्रीहरुसँग बैठक गर्दैछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement