चितुवाको आक्रमणमा घाईते श्रमिकलाई बन विभागले दियो क्षतिपूर्ति

26dfd950-0a7c-41c6-af64-48cc3cf3a2b5

कालचिनीः गत केही दिन अघि कालचिनी खण्डको अठियाबारी चियाबारीको एकजना श्रमिक रबिन एक्का गम्भीर घाईते बनेको थियो भने तिनलाई सरकारी अस्पतालमा ७ दिनभन्दा अधिक समयसम्म उपचारमा राखिएको थियो।
बन विभागको नियम मुताबिक घाईते श्रमिकलाई क्षतिपूर्ति स्वरूप सोमबार निमती रेञ्जका अधिकारी एवम् बनकर्मीहरूको उपस्थितिमा ५० हजार रुपियाँको चेक घाईते रबिन एक्कालाई प्रदान गरिएको निमती रेञ्जर अर्णव दासले जनाएका छन्।
यता बन विभागबाट ५० हजारको चेक पाएपछि श्रमिक रबिन एक्काको परिवार हर्षित भएका छन्।

About Author

Advertisement