सिलगढीः सिलगढी डिभिजनको बागडोग्रामा एक आदिवासी महिलालाई कथित रूपमा निकालेर कुटपिट गरिएको छ। घटनापछि ती महिलाले पुलिस थानामा उजुरी दिएकी छन्। जुलाई १९ गते बागडोगरा थाना क्षेत्रमा अवैध सम्बन्धलाई लिएर दुई स्थानीय महिलाबीच झगडा भएको थियो। त्यसबेला एक महिलाले झगडा देखेर रोक्न खोजेकी थिइन्।
सालिशी सभा आदिवासी महिलालाई गाउँमै नग्न पारेर कुटपिट गरेको आरोप छ । सालिशी सभामा महिला बाहेक केही व्यक्तिहरुको पनि उपस्थिति रहेको थियो। उनले महिलाको शरीरमा हात राखेको आरोप छ। त्यसपछि ती महिलाले आइतबार बागडोग्रा पुलिस थानामा लिखित उजुरी दिएकी थिइन्। १९ तारिख एक महिलाको आफ्नी साथीसँग झगडा भएको महिलाले बताइन्। उनी यो झगडा रोक्न गइन्। भोलिपल्ट पञ्चायत सदस्यको उपस्थितिमा मध्यस्थताको बैठक बस्यो। त्यहाँ आफूलाई नग्न पारेर कुटपिट गरेको महिलाले गुनासो गरेकी छन्।
उजुरी दर्ता भएलगत्तै पुलिसले घटनाको अनुसन्धान थालेको छ। यता पञ्चायत सदस्य बुलबुली सिंहले सालिसी सभामा दुई पक्षबीच झडप भएको बताए। तर निशस्त्र आक्रमणको घटना भने भएको छैन। पुलिस स्रोतका अनुसार दुवै पक्षका तर्फबाट पुलिस चौकीमा उजुरी परेको छ। सिलगढी पुलिस आयुक्तालयका एडीसीपी सुभेन्द्र कुमारले घटनाको सत्यतथ्य पत्ता लगाउन अनुसन्धान सुरु गरिएको बताए।