हुगलीः बंगालका विभिन्न क्षेत्रहरूमा महिलाहरूमाथि अत्याचार भइऱहेको प्रदेश भाजपाको तर्फबाट हालमा आरोप लगाइएको थियो। प्रदेश भाजपा अध्यक्ष एवं सांसद सुकान्त मजूमदारले स्वयं प्रेस कन्फ्रेन्स गरी पश्चिम बंगालको पांचाला (हावड़ा), मालदह, अलिपुरद्वार सहित राज्यका विभिन्न क्षेत्रहरूमा महिलाहरूमाथि भइरहेको मुद्दाहरू उठाएका थिए। यसपछि बंगाल भाजपा राज्यमा महिलाहरूमाथि भइरहेको अत्याचारलाई लिएर राज्य सरकार विरूद्ध आक्रामक भएको थियो।
श्रीरामपुरबाट तृणमूल कांग्रेसका सांसद एवं वरिष्ठ अधिवक्ता कल्याण ब्यानर्जीले यस विषयमा बोल्दै सोमवार भने, भाजपाका सांसदहरूले यस राज्यमा आफ्नो जमीन दिएको छ। वर्ष २०२१ देखि २०२३ सम्म बंगाल भाजपा नेताहरूले दिल्लीलाई लगातार उसले पश्चिम बंगालमा पार्टीलाई पुनर्स्थापित गर्ने आश्वासन दिएका थिए। तब अब यो व्यर्थ प्रमाणित भइसकेको छ। यसैले उसका अभिनेत्रीहरूले अभिनय गरिरहेका छन्। आफ्नो आसू देखाइरहेका छन्। मणिपुरको घटना साँच्चैमा जघन्य हो। जहाँसम्म मालदहको घटनाको कुरा छ, त्यो एउटै परिवार वा दुई गुटबीचको घटना हो। यसैले त्यसको तुलना मणिपुरको घटनासित गरिनु हुँदैन।
-हिस