आठौंकी छात्रासित दुष्कर्मको आरोप शिक्षकमाथि

00-1-Rajya-Samachar-18

कोलकाताः दक्षिण २४ परगना जिल्ला अन्तर्गत धोलाहाट थाना क्षेत्रमा एक शिक्षकमाथि आठौंकी छात्रासित दुष्कर्म गरेको आरोप लागेको छ। जब छात्रा शौचालय गएकी थिइन्, तब शिक्षकले भित्र पसेर छात्रासित दुष्कर्म गरेको आरोप छ। छात्राले बाहिर कसैलाई यस विषयमा बताए मार्ने-कुट्ने धमकी दिएको आरोप छ।

यहांसम्म कि छात्रासित दुष्कर्म गरेपछि उसले छात्रालाई शौचालयभित्र बन्द गरी बाहिरबाट ताला लगाएको पनि आरोप छ। धेरै बेरसम्म छात्रा बाहिर नआएपछि उसका सहपाठीहरूलाई सन्देह भयो र उसको परिवारलाई यसको सूचना दिए। त्यसपछि उसका आमा-बापू स्कूल पुगे र छोरीबारे सोधपुछ गर्दा उसलाई शौचालयभित्र बन्द गरिएको थाहा लाग्यो। यसपछि उनीहरूले ताला तोड़ेर छोरीलाई घर लिएर फर्के।

आइतवार साझँ जब शिकायत गर्न उसकी आमाले उसलाई साथमा लिएर थाना गइरहेकी थिइन् तब स्थानीय तृणमूल नेताहरूले धमकी दिएको पनि आरोप छ। यद्यपि, परिवार नडराई थाना पुग्यो र शिकायत दर्ता गरायो, जसपछि आरोपित शिक्षकलाई अबेर राति पक्राउ गरियो। सोमवार जिल्ला पुलिस सूत्रहरूले बताए अनुसार, शिक्षकलाई काकद्वीप सब डिविजन कोर्टमा पेश गरिनेछ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement