मुख्यमन्त्रीद्वारा प्रेस क्लब अफ सिक्किमलाई १७ सिटर वाहनको चाबी हस्तान्तरण

IMG-20230724-WA0351.jpg

गान्तोक: राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज बिहान आफ्नो सरकारी निवास मिन्तोगाङमा प्रेस क्लब अफ सिक्किमका प्रतिनिधिहरूसँग भेट गरे। भेटको क्रममा उनले प्रेस क्लब अफ् सिक्किमलाई १७ सिटर वाहनको चाबी प्रदान गरे। पत्रकारहरुसँगको संक्षिप्त अन्तरक्रियामा मुख्यमन्त्रीले पत्रकारको हितका लागि राज्य सरकार प्रतिबद्ध रहेको बताउँदै आवश्यक परेका पत्रकारहरूलाई स्वास्थ्य सेवा लगायत अन्य कुनै पनि प्रकारको सहयोग प्रदान गर्दै आएको बताए। मुख्यमन्त्रीले प्रेस क्लब अफ सिक्किमलाई पेन्सन, विज्ञापन बिलको केन्द्रीकृत भुक्तानी र डिजिटल मिडियाको नीति सम्बन्धमा प्रस्ताव ल्याउन सुझाव दिए। मुख्यमन्त्रीले यी विषयहरू हेरेर सम्बन्धित विभाग र पदाधिकारीहरुसँग बैठक गरेर समाधान गर्ने आश्वासन दिएका छन्।

मुख्यमन्त्रीले हालै आयोजित प्रेस क्लब अफ सिक्किमको २१औं स्थापना दिवसमा पुरस्कृत तीन पुरस्कार विजेताहरूलाई सम्मान पनि जनाए। यस अवसरमा प्रेस क्लब अफ सिक्किमले निरन्तर सहयोगको लागि मुख्यमन्त्रीलाई कृतज्ञता स्वरूप प्रतिकको रूपमा स्मृति चिन्ह प्रदान गरियो।

About Author

Advertisement