सिलगढी: बङ्ग्लादेशबाट ५ जना महिला अवैध रूपमा उत्तर दिनाजपुरको बाटो भएर सिलगढी आइपुगेको खबर पाएपछि सिलगढी पुलिस कमिश्नरेटको न्यू जलपाईगढी थाना पुलिसले उक्त ५ जना बङ्ग्लादेशी महिला सहित ३ जना भारतीय एजन्टलाई पनि पक्राउ गरेको छ। स्पेशल अपरेशन ग्रुप (एसओजी) र एनजेपी पुलिसले गत अबेर राति एनजेपी स्टेशन इलाकामा अभियान चलाएर ती ८ जनालाई पक्राउ गरेको हो। पक्रा परेका ८ जना आरोपीलाई आज जलपाईगढी अदालतमा पेश गर्यो। आरोपी महिलाहरूले बताएअनुसार कामको प्रलोभन देखाएर तिनीहरूलाई भारत ल्याएको हो। बङ्ग्लादेशी एजन्टको माध्यमद्वारा अवैध रूपमा तिनीहरूले भारतमा प्रवेश गरेपछि उत्तर दिनाजपुर हुँदै हिजो राति सिलगढी आइपुगेका थिए।

सिलगढी निवासी तीन भारतीय एजेन्टले तिनीहरूलाई अन्य ठाउँमा तस्करी गर्ने उद्देश्य रहेको बताइएको छ। पक्रा परेका भारतीय एजेन्टहरू क्रमैले भन्टू राय, फोनी राय र सञ्जय राय सामेल छन्। तिनीहरू सिलगढीको आशीघर, सालुगढा र बकराभिटा निवासी हुन्।










