सुदेन लामा स्मृति सेकेण्ड डीविजन लीगः आशानुरुप फाइनलमा पुग्यो दार्जीलिङ पुलिस

IMG-20230724-WA0265.jpg

२४ जुलाईः दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित सुदेन लामा स्मृति सेकेण्ड डीविजन फूटबल लीगमा दार्जीलिङ पुलिसले आशानुरुप फाइनलमा स्थान बनायो। दार्जीलिङको लेबोंग स्थित गोर्खा स्टेडियममा सोमवार खेलिएको दोस्रो सेमिफाइनल म्याचमा दार्जीलिङ पुलिसले काकझोड़ा युनाइटेड क्लबलाई ५-१-ले पराजित गऱ्यो।

विजेता टीमबाट मनीष सुब्बाले २ गोल गरे। यसबाहेक निशाकर राई, ग्याबो शेर्पा र निहाल सेवाले १-१ गोल गरे। यसरी बड़ा काकझोड़ा युनाइटेड क्लबबाट छेवांग लामाले गोल गरे। दार्जीलिङ पुलिसले अब २६ जुलाईमा हुने फाइनलमा भा-तकभर युनाइटेड क्लबको चुनौती स्वीकार्नेछ। यस म्याचमा रमेश राई रेफरी रहेका थिए।

यसरी सहायक रेफरीको भूमिकामा रेमण्ड तामाङ र उज्ज्वल राई थिए।

About Author

Advertisement