मणिपुरमाथि संसदमा गतिरोध यथावत

00-1-Rashtriya-Samachar-21

नयाँ दिल्ली: सोमबार पनि लोकसभामा मणिपुरको मुद्दामाथि विपक्षको चर्चा गराउने माग अनि खैलाबैलाको कारणले व्यवधान सृजना भयो। सदनको कारबाही शुरू भएपछि विपक्षको तर्फबाट कंग्रेसका अधीर रंजन चौधरीले मणिपुरको मुद्दामा चर्चा गराउने माग गरे। यसमाथि अध्यक्ष ओम बिरलाले भने, ‘सरकार चर्चा गराउनको लागि तयार छ। प्रश्नकाल महत्वपूर्ण भएकोले प्रश्नकालपछि चर्चा गराइनेछl’ सरकारको पक्षबाट सदनका उपनेता राजनाथ सिंहले विपक्षसित सदन संचालन हुन दिने अपील गरे। तथापि विपक्षको होहल्ला यथावत रह्यो। यसपूर्व संसदीय कार्यमन्त्री प्रहलाद जोशीले सदन बाहिर पत्रकारहरू समक्ष भने, ‘सरकार कुनै पनि समय चर्चाको लागि पूर्ण तयार छ। चर्चाबाटै निष्कर्ष आउनेछ। तर सम्पूर्ण देशले यो बुझ्न सकिरहेको छैन कि विपक्ष चर्चादेखि किन भागिरहेको छ। मणिपुरको मामिला संवेदनशील छ। विपक्षसित निवेदन छ कि यसमाथि चर्चा गरियोस्l’ यता आज संसद बाहिर कंग्रेसनीत गठबन्धन इण्डियाका घटक दलहरूले यस मुद्दामा प्रदर्शन गरे। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement