नेपाली कांग्रेसको बैठकमा उठ्यो संविधानबाट धर्मनिरपेक्षता खारेजीको माग

00-1-reg_736

काठमाडौं: नेपालको संसदमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको बैठकमा धर्मनिरपेक्षता खारेजीको माग उठेको छ। १८ जुलाईदेखि चलिरहेको केन्द्रीय समिति बैठकमा केही सदस्यहरुले धर्मनिरपेक्षता खारेजीको माग गरेका हुन्। नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले धर्मनिरपेक्ष खारेजीको माग गरेका छन्। उनले नेपाललाई हिन्दु राष्ट्र कायम गर्नुपर्ने माग समेत बैठकमा राखेका छन्। भण्डारीले हिन्दुस्थान समाचारसँग भने, ‘नेपालको पहिचान भनेकै हिन्दुराष्ट्र हो र धर्मनीरपेक्ष संविधानबाट हटाउन कांग्रेसले नै नेतृत्वदायी भूमिका निभाउनुपर्छ। उनले संघीयताको पनि विकल्प खोज्नुपर्नेमा जोड दिएl’

केन्द्रीय सदस्य चन्द्रबहादुर केसीले पनि हिन्दुराष्ट्र कायम गर्नुपर्ने माग राखे। अर्का केन्द्रीय सदस्य भीम पराजुलीले ९४ प्रतिशत ओमकार परिवार रहेको देशमा धर्मनीरपेक्ष स्वीकार्न नसकिने बताए। उनले धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन धर्मको पक्षमा कांग्रेस उभिनुपर्ने तर्क राखे। नेपालमा २०१५ मा संविधान जारी हुँदा हिन्दुराष्ट्र हटाएर धर्मनीरपेक्ष राष्ट्र राखिएको थियो। त्यतिबेला सरकारको नेतृत्वमा नेपाली कांग्रेस नै थियो। कांग्रेस, एमाले, माओवादीलगायत मुख्य दलहरु धर्मनीरपेक्षको पक्षमा उभिएका थिए। पछिल्लो समय ती दलहरुभित्र यसको विरोध बढ्दै गएको छ। नेपालमा २०२१ मा भएको जनगणनाको रिपोर्टमा ८१ प्रतिशत हिन्दु धर्मालम्बी रहेको तथ्यांक छ। पछिल्लो समय हिन्दु राष्ट्रको पक्षमा आवाज बढ्दै गएको छ। -हिस

About Author

Advertisement