पिउने पानीको समस्या समाधान गर्न नगरनिगममा बैठक

490973e4-a984-4674-ac73-286d0913d946-1

सिलगढी: सिलगढी शहरमा पिउने पानीको समस्याको समाधान गर्ने उद्देश्य लिएर सिलगढीका मेयर गौतम देवले आज नगरनिगमको सिँचाई विभाग, पीएचई, टिस्टा ब्यारेज प्रोजेक्टका अधिकारीहरूसित एउटा बैठक गरे। यस बैठकमा पिउने पानीको समस्या समाधानको लागि आवश्यक कदम चाल्ने विषयमा छलफल गरियो। विशेष गरेर सिलगढी शहरमा पिउने पानीको समस्या समाधान गर्ने उद्देश्य लिएर सिलगढी नगरनिगमले ठुलो परियोजना लिएको छ। आज यस परियोजनाको प्रगतिबारे निरीक्षण पनि गरियो। यसबाहेक पिउने पानीको समस्या समाधान गर्न अरु के-के गर्नु आवश्यक छ भन्ने विषयमा पनि विस्तृत छलफल गरियो। स्मरण रहोस्, गत केही दिनदेखि सहरवासी पिउने पानीको समस्यासित जुझिरहेकोले गर्दा सहरवासीमा आक्रोश बढ्दै गएको छ। यी सबै समस्याको समाधान गर्न आज मेयरले एउटा बैठक गरे। यस अवसरमा मेयरले भने, पिउने पानीको आपूर्तिको लागि एउटा परियोजना लिएको छ भने परियोजना पुरा हुन समय लाग्नेछ। तर यसभन्दा अघि एउटा सानो इनटेक वेल निर्माण गरिने छ, जुन अति नै आवश्यक रहेको छ। यसको लागि काम सुरु भइसकेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement