बंगालमा अझ एक महिलासॅंग दुष्कर्मपछि हत्या

00-1-Rajya-Samachar-18

कोलकाताः पश्चिम बंगालमा महिलाहरू विरूद्ध बर्बरता रोकिने नाम लिएको छैन। पञ्चायत चुनाउ समाप्त भएपछि बीरभूम जिल्लामा अझ एक महिलाको दुष्कर्मपछि हत्या गरिएको छ।

भारतीय जनता पार्टीले पीडित महिलाको भिडियो सोशियल मिडियामा हालेको छ। सोमवार जारी उक्त भिडियोमा 58 वर्षकी महिलाको दुष्कर्मपछि हत्या गरेको दाबी गरिएको छ। आरोपितले महिलालाई शारीरिक र मानसिक रूपमा प्रताडित गरिरहेको थियो, तर स्थानीय प्रशासनले कुनै कारबाही नगरेको आरोप छ। पार्टीले ट्वीट गरेर पश्चिम बंगालमा महिलाहरूप्रति बर्बरता उच्च स्तरमा पुगेको र अपराधीहरू खुल्ला घुमिरहेको आरोप लगाएको छ।

एक दिनअघि यसै क्षेत्रमा एक ६२ वर्षकी महिलासॅंग दुष्कर्म भएको खुलासा भएको थियो। पार्टीले यस विरूद्ध आज बीरभूम जिल्लाको सौंथियामा विरोध प्रदर्शनको आह्वान गरेको छ। महिला मोर्चाकी अध्यक्ष फाल्गुनी पात्राले यस आन्दोलनको नेतृत्व गर्नेछन्।

-हिस

About Author

Advertisement