२४ जुलाईः मुण्डा बाँसघारी युथ क्लब (मुण्डा कोठी टी गार्डन, सोनादा, दार्जीलिङ)-को तत्त्वावधानमा आयोजित अण्डर-१७ फूटबल टुर्नामेण्टमा आइतवार दुईवटा क्वार्टर फाइनल म्याच खेलियो। दिनको पहिलो म्याचमा मिलनमोड़को क्याप्टन न्यौपाने फूटबल एकाडमी (सीएनएफए)-ले बिजनबारी यंगस्टरलाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट एकमात्र गोल राहुल छेत्रीले गरे। बिजनबारी यंगस्टरका साहिल मुखियालाई प्लेयर अव् द म्याच चयन गरियो। यसरी दोस्रो म्याचमा मंगपूको बण्टी इलेभेनले सुबोथ फूटबल एकाडमीलाई २-०-ले पराजित गऱ्यो। सुबोथ फूटबल एकाडमीका सोहिल रोयलाई प्लेयर अव् द म्याच चयन गरियो।

यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको फाइनल १५ अगस्तमा खेलिनेछ।