शिमला: हिमाचल प्रदेशमा यसपालि मनसूनले ठूलो विनाश गरेको छ। मनसून सीजनको अहिलेससम्ममा सामान्यभन्दा १४७ प्रतिशत अधिक वर्षा भइसकेको छ। त्यहाँ जनजीवन अस्तव्यस्त भएको छ। शिमला, मण्डी र कुल्लू जिल्लामा व्यापक मात्रामा विनाश भएको छ। नयाँ दिल्लीबाट आएको केन्द्रिय टीमले प्रभावित क्षेत्रहरूको भ्रमण गरी क्षय-क्षतिको अनुमान लगाइरहेको छ।
राज्यका प्रदेशका मुख्य सचिव प्रबोध सक्सेनाले शनिबार अबेर साँझ केन्द्रीय टीमलाई अवगत गराएअनुसार हिमाचल प्रदेशमा गत २४ जूनदेखि १४ जुलाईसम्ममा सामान्यभन्दा १४७ प्रतिशत अधिक वर्षा दर्ता गरिएको छ। गत ७ जुलाईदेखि ११ जुलाईसम्म सामान्यभन्दा ४३६ प्रतिशत अधिक वर्षा भयो। अहिलेसम्ममा राज्यभरिमा पैह्रोको ५४८० घटना, बादल फाट्नेको १४ र फ्लश फ्लडको ८३ घटना भएको छ। मुख्य सचिवले भने, ‘वर्षाको कारणले भएको क्षय-क्षतिको जानकारी लिनको लागि स्पेस वेस्ड एप्लिकेशनको उपयोगिता सुनिश्चित गरिएको छ। राहत अनि बचाउ अभियानहरूमा ड्रोन र आपदा मित्रहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्l’ केन्द्रीय टीमका अध्यक्ष रविनेश कुमारले बताए, दुई बेग्लाबेग्लै समूहमा विभाजन भएर आपदा प्रभावित जिल्लाहरूको दौड़ाह गरी स्थितिको जायजा लिइएको छ। यस क्षेत्रमा व्यापक क्षति पुगेको कुरालाई स्वीकार्दै उनले राहत अनि बचाउ कार्यको लागि स्थानीय प्रशासन एवं सरकारका कदमहरूको सराहना पनि गरे।









